यूएईमा रहेका नेपाली कामदारले अब सजिलै आफन्त लैजान पाउने, दूतावासले जारी गर्यो यस्तो विज्ञप्ति « Khabarhub

यूएईमा रहेका नेपाली कामदारले अब सजिलै आफन्त लैजान पाउने, दूतावासले जारी गर्यो यस्तो विज्ञप्ति


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई– यूएईमा रहेका नेपालीहरुले आफन्तलाई बोलाउँदा दूतावासले दिने एनओसी सर्टिफिकेट अब नपाउने भएका छन् ।

यूएईमा बस्ने नेपालीहरुले परिवारका सदस्यलाई यूएई बोलाउँदा नेपाली दूतावासबाट अब्जेक्सन सर्टिफिकेट (एनओसी) को सर्टिफिकट लिनुपर्ने प्राबधान थियो । त्यो सर्टिफिकट दिने कामबाट दूतावास पन्छिएको छ ।

यूएईमा भएका छोरा छोरी वा आफन्तले आमाबुवा वा आफन्तलाई भिजिट भिषामा यूएई लैजाँदा दूतावासबाट एनओसी सर्टिफिकेट लिनुपर्ने प्राबधान यसअघि थियो ।

दूतावासले गत आइतबार एक सूचना प्रकाशित गरेर सोमबारदेखि एनओसी जारी नगर्ने निर्णय गरेको हो । यो निर्णयको नेपालीलेहरुले विरोध जनाएका छन् ।

दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले सो कुराको पुष्टि गरेकी हुन् । यूएईमा बस्ने नेपालीहरुले आफन्तलाई यूएई भ्रमणमा बोलाउन भिजिट भिषा एप्लाई गर्दा पनि दूतावासमार्फत एनओसी लिनुपर्ने आवश्यकता थियो ।

अब भिजिट भिषा प्राप्त कागजातलाई नेपालमा अध्यागमन विभागले जाँच गरेर पठाए पछि दूतावासले त्यसैका आधारमा भिषा दिने भएको छ । 

अब दलालमार्फत गएका सर्टिफिकटले मान्यता पाउने भएका छन् । यही प्राबधानको सामाजिक सञ्जाल र युएइमा बस्ने नेपालीहरुले विरोध गरेका हुन् ।

दलालमार्फत जाने भिजिट भिषाका नेपालीहरु ठगीमा पर्ने भन्दै युएइमा बस्ने नेपालीले विरोध जनाएका हुन् । ‘सरकारले सम्बन्धित निकायमार्फत आगामी दिनदेखि एनओसी जारी नगर्नु भनेर निर्देशन पठाएसकेको दूतावासले जनाएको छ ।

तर दूतावासले एनओसी जारी नगर्ने भनी गरेको निर्णयको सामाजिक संजालमा व्यापक आलोचना भएको छ। युएइमा कार्यरत कामदारहरुले पनि यो निर्णय गलत भएको र यसले दलाललाई पृष्ठपोषण गरेको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ०५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान