आज गुरु पूर्णिमा, गुरुको दिशा निर्देश पालना नै पहिलो पूजा « Khabarhub

आज गुरु पूर्णिमा, गुरुको दिशा निर्देश पालना नै पहिलो पूजा


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असार शुक्ल पूर्णिमाको दिन आज देशभरी गुरु पूर्णिमा पर्वको रुपमा मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म पनि भएको थियो । अतः यसलाई व्यास पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि ऋतु परिवर्तन पनि हुने गर्दछ ।

यो दिन शिष्य (बिद्यार्थी)हरुले आफ्नो गुरुको विशेष पूजा गर्ने गरेका छन् । साथै गुरुहरुलाई सद्भावले दक्षिणा, फुल, कपडा तथा बिभिन्न उपहार पनि दिने चलन छ । उपहार दिन नसके पनि गुरुको आस्थाभावको पुजा गर्नाले शिक्षाशक्ति बढ्ने धार्मिक विश्वास रही आएको छ ।

सामान्यतः हामीले आफूलाई औपचारिक रुपमा शिक्षा दिनेलाई मात्र गुरु मान्ने गरेका छौं तर वास्तवमा ज्ञानदिने गुरु मात्र गुरु नभई आफूलाई जन्म जन्मान्तरको संस्कार सिकाउने, प्रेरणा पात्र, ईश्वर भक्तिमा आस्था जगाउने, सद्बुद्धि दिने, ध्यान गर्ने, भगवानको आस्था सिकाउने जो कोहि पनि गुरु हुनसक्छ ।

भनिन्छ जसलाई गुरु मानिन्छ उसको दिशा निर्देशको पालना गर्नुनै गुरुप्रतिको पहिलो पुजा हो । जसले गुरुको आज्ञा पालना गर्दछ, उसलाई आजकै दिन गुरु पुजा गर्नुपर्छ भन्ने अनिवार्य हुँदैन ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ११ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार