बाढीले ललितपुरको जनजीवन प्रभावित : विद्यालय बन्द, यातायात अवरुद्ध « Khabarhub

बाढीले ललितपुरको जनजीवन प्रभावित : विद्यालय बन्द, यातायात अवरुद्ध


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका सयौँ घर डुबानमा परेका छन् ।

यसैगरी ग्वार्को किष्ट अस्पताल नजिक पर्ने महानगरपालिका र महालक्ष्मी नगरपालिका जोड्ने पुलमा पानी बग्ने निरन्तरतामा बाधा पर्दा ४ सय घर डुबानमा परी करीब एक हजारदेखि एक हजार २ सय मानिसको जीवन प्रभावित भएको महालक्ष्मी–४ का वडाध्यक्ष लक्ष्मण रोक्काले जानकारी दिए।

गोदावरी नगरपालिकाभित्र कुनै मानवीय क्षति भएको छैन तर वडा नं ७ देवीचौरका १२ घरपरिवार पहिरोमा परी विस्थापित भएका छन् । देवीचौरका १२ घरपरिवारलाई त्यहाँ गएर खाद्यान्न वितरण गरिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

दक्षिण ललितपुरका वनपाखामा डोजर लगाएर सडक निर्माण गरेका कारण यहाँ बढी क्षति भएको स्थानीयवासीको भनाइ छ । तीन दिनदेखि यातायात सडक अवरुद्ध भएका कारण टीकाभैरवदेखि तीनपाने भञ्ज्याङसम्म १३ किलोमिटरको सडक खुलाइएको वाग्मती गाउँपालिकाका वडाध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।

कोञ्ज्योसोम गाउँपालिकाको अवस्था अन्य सरह एकदमै नाजुक बनेको छ । यहाँ दुई जनाको मृत्यु भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सडक दुई दिनपछि खुलाउने योजनामा अघि बढेको गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए ।

महाँकाल गाउँपालिकाभित्र पानी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । सो गाउँपलिकाभित्रको विद्युत् प्रवाहमा समस्या परेका कारण कोहीकसैसँग सम्पर्क गर्न सकिएको छैन । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक रामकृष्ण सापकोटाका अनुसार दक्षिण ललितपुरका मानिस पैदलयात्रा गरी चापागाउँ बजार आउने क्रम दिनानुदिन बढेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीका अनुसार गोदावरीमा १२ थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ । त्यसैगरी कोञ्ज्योसोममा ३० थान र महाँकाल अनि वाग्मतीमा २०–२० थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १० : ०७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार