कम्युनिस्ट र समाजवादीहरुलाई अमेरिका छाडेर जान ट्रम्पको चुनौती « Khabarhub

कम्युनिस्ट र समाजवादीहरुलाई अमेरिका छाडेर जान ट्रम्पको चुनौती


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादी (कम्युनिस्ट)हरुलाई अमेरिका छाडेर जान चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र साम्यवादी देश नहुने पनि स्पष्ट पारेका छन् ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामी कहिल्यै पनि एक समाजवादी र साम्यवादी राष्ट्र हुन सक्दैनौं, यदि तपाईंहरु यहाँ खुसी हुनुहुन्न भने जान सक्नुहुन्छ ! यो तपाईंको इच्छा हो, केवल तपाईं एक्लैको…।’

ट्रम्पले केही व्यक्ति अमेरिका विरोधी भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरु इजरायलको पनि विरोधी रहेको र अलकायदाको समर्थक रहेको बताएका छन् ।

वामपन्थी प्रजातान्त्रिकहरुले खुला सीमाना चाहेको र त्यसबाट उनीहरुले लागू पदार्थको तस्करी, अपराध र मानव बेचबिखनजस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको पनि ट्रम्पले आरोप लगाएका छन् ।

अमेरिका अहिलेजस्तो बलिया कहिल्यै नरहेको उल्लेख गरेका ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, उच्च स्टक मार्केट र सबैभन्दा कम बेरोजगारी कायम हुन सफल भएको दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : २८ बजे

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर