कम्युनिस्ट र समाजवादीहरुलाई अमेरिका छाडेर जान ट्रम्पको चुनौती « Khabarhub

कम्युनिस्ट र समाजवादीहरुलाई अमेरिका छाडेर जान ट्रम्पको चुनौती


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादी (कम्युनिस्ट)हरुलाई अमेरिका छाडेर जान चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र साम्यवादी देश नहुने पनि स्पष्ट पारेका छन् ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामी कहिल्यै पनि एक समाजवादी र साम्यवादी राष्ट्र हुन सक्दैनौं, यदि तपाईंहरु यहाँ खुसी हुनुहुन्न भने जान सक्नुहुन्छ ! यो तपाईंको इच्छा हो, केवल तपाईं एक्लैको…।’

ट्रम्पले केही व्यक्ति अमेरिका विरोधी भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरु इजरायलको पनि विरोधी रहेको र अलकायदाको समर्थक रहेको बताएका छन् ।

वामपन्थी प्रजातान्त्रिकहरुले खुला सीमाना चाहेको र त्यसबाट उनीहरुले लागू पदार्थको तस्करी, अपराध र मानव बेचबिखनजस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको पनि ट्रम्पले आरोप लगाएका छन् ।

अमेरिका अहिलेजस्तो बलिया कहिल्यै नरहेको उल्लेख गरेका ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, उच्च स्टक मार्केट र सबैभन्दा कम बेरोजगारी कायम हुन सफल भएको दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : २८ बजे

कांग्रेसको पक्षमा माहोल बनिरहेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा माहोल बनिरहेको

युपीआरको चौथो चक्रमा नेपाललाई विभिन्न देशबाट महत्वपूर्ण सुझाव

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (युपीआर)

चुनावी सुरक्षामा कुनै चुनौती नरहेको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष

काठमाडौं– उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा

बत्ती पुग्ने आशामा अपिवासी

दार्चुला–      ‘चौलानीको कञ्चन पानी, बिजुलीको खानी    अँध्यारोमै बित्न लाग्यो,

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको