‘भेइकल ट्रयाकिङ सिष्टम’ तत्काल लागू नगर्न आग्रह « Khabarhub

‘भेइकल ट्रयाकिङ सिष्टम’ तत्काल लागू नगर्न आग्रह


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय व्यवसायी महासंघले भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न आग्रह गरेको छ ।

नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसन्धान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरु समस्यामा पर्ने भन्दै महासंघले तत्कालै यस्तो लागू नगर्न आग्रह गरेको हो ।

देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिष्टम साउन १ देखि लागू गर्ने घोषणा गरिसकेको छ । व्यवसायीहरु यतिबेला धेरैतिरबाट समस्यामा परेको बेला पुनः अर्को नीति ल्याएर अप्ठयारोमा पार्न नहुने मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘बैंकको ब्याजदर, महंगो घरभाडा, स्थानीय सरकारको विभिन्न शिर्षकका राजश्व लगायतका कारण व्यवसायीहरु त्यसै पनि समस्या छौं, अर्को महत्वपूर्ण कुरा मुलुक अझै पनि साक्षर हुन सकेको छैन, प्रविधिको प्रयोग भर्खरै बढ्दै गएको अवस्थामा प्रविधिबारे बुझ्न नै नपाई यो लागू हुनुहुँदैन भन्ने हाम्रो माग हो’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नयाँ प्रविधि भएको र व्यवसायीहरुलाई बुझ्न समेत केहि समय लाग्ने हुँदा यसलाई एक वर्ष परीक्षणको रुपमा लागू गर्नुपर्ने महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।  सरकारले ल्याएको नीति कार्यान्वयनमा महासंघ प्रतिवद्ध रहेको भन्दै तत्कालै अनिवार्य लागु गर्दा व्यवसायीहरुलाई समस्या हुने भएकाले एक वर्ष परीक्षणको रुपमा सञ्चालन हुनु पर्ने अध्यक्ष कटुवालले बताए ।

‘सरकारको नीति हो, हामीले यसलाई नराम्रो भन्न खोजेको कदापी होइनौं’ कटुवालले भने, ‘प्रविधिमा हामी धेरै पछाडी छौं, प्रविधिको पहुँचमा पुग्न अझै समय लाग्छ, यसकारण पनि अहिल्यै यो अनिवार्य लागू गर्नु हुँदैन ।’

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : ५६ बजे

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम