नेपालमा एनजीओको जालो, अनुगमनका नामका लाखौ लिन्छन् कर्मचारी « Khabarhub

नेपालमा एनजीओको जालो, अनुगमनका नामका लाखौ लिन्छन् कर्मचारी


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरसरकारी संस्थाको अवस्थाको विषयलाई समेटेर मुख्य समाचार बनाएको राजधानी दैनिकले नेकपाको एकता प्रकरणलगायतका अन्यसमाचारलाई पहिलो पृष्ठमा छापेको छ ।

नेपालमा गैरसरकारी संस्था (एनजीओ) को जालो विकटका गाउँदेखि सहरका महलसम्म फैलिएको छ । २६ वर्षको अवधिमा ४५ हजार बढी एनजीओ सञ्चालनमा छन् । सामाजिक विकासको क्षेत्रमा काम गर्ने भन्दै सञ्चालित एनजीओको अनुगमन भने फित्तलो छ । एनजीओको अनुगमनका नाममा समाजकल्याण परिषदका कर्मचारीले लाखौ रकम बुझ्ने गरेपनि प्रभावकारी अनुगमन नगरेको पाइएको छ ।

‘पार्टी एकता अलमलमा, शीर्ष नेताको भागबन्डा किचलो’ शीर्षकमा रहेको अर्को समाचारमा जिम्मेवारीका विषयमा पार्टीका शीर्ष नेताहरुबीच भागबन्डा नमिल्दा सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टीको एकता प्रकरण अलमलमा परेको छ । तीन महिनामा एकता प्रक्रिया टुंग्याउने लक्ष्य राखेको नेकपाले ९ महिना बित्दा पनि टुंग्याउन सकेको छैन् ।

त्यस्तै भारतमा १ सय ७९ नेपाली अलपत्र अवस्थामा भेटिएका छन् । उनीहरु प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरुलाई नेपाल ल्याउन पहल भइरहेको छ । अलपत्र पर्नेमा अधिकांश महिला छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ४४ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट