एकताबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : प्रचण्ड « Khabarhub

एकताबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : प्रचण्ड


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताबाट मात्र देशको समृद्धि हुने बताएका छन् । हनुमन्ते सफाइ अभियान ५१ औ हप्तामा पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सबैको एकताले मात्र सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा हुने बताए ।

वाकाथुनसँगै सुरु भएको कार्यक्रममा ठट्यौली शैलीमा प्रचण्डले भने ‘तपाईंहरुले वाकाथुन भन्दै मलाई झण्डै २ किलोमिटर हिँडाउनुभयो । मेरो लागि त यो म्याराथन नै भयो ।’

हनुमन्ते सफाइ अभियानमा जुटेका भक्तपुरबासीको एकता देश कै लागि उदाहरणीय रहेको भन्दै देशलाई समृद्ध बनाउने अभियान भक्तपुरबाटै सुरु हुने बताए ।

सरकारको एक वर्षको कामको विषय उठान गर्दै पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले यो सरकार ५ वर्षे स्थायी सरकार भएकाले विकासका योजनालाई क्रमशः अघि बढाउँदै गएको बताए । संधिवान कार्यान्वयन र विकास, समृद्धिका लागि सरकारको एक वर्ष आधार वर्ष भएको र अर्को वर्षबाट सबैले अनुभूति गर्ने गरी सरकारका काम देखिने पनि उनले बताए ।

हनुमन्ते सफाइ अभियानको ५१ औ हप्ताको कार्यक्रम अन्तर्गत शनिबार मध्यपुर र सूर्यविनायक नगरपालिकाको सीमास्थित मध्यपुर अस्पतालको दक्षिणतर्फ हनुमन्ते खोलाबाट सफाइ अभियान अघि बढाइएको भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ९ : २२ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १