एकताबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : प्रचण्ड « Khabarhub

एकताबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : प्रचण्ड


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताबाट मात्र देशको समृद्धि हुने बताएका छन् । हनुमन्ते सफाइ अभियान ५१ औ हप्तामा पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सबैको एकताले मात्र सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा हुने बताए ।

वाकाथुनसँगै सुरु भएको कार्यक्रममा ठट्यौली शैलीमा प्रचण्डले भने ‘तपाईंहरुले वाकाथुन भन्दै मलाई झण्डै २ किलोमिटर हिँडाउनुभयो । मेरो लागि त यो म्याराथन नै भयो ।’

हनुमन्ते सफाइ अभियानमा जुटेका भक्तपुरबासीको एकता देश कै लागि उदाहरणीय रहेको भन्दै देशलाई समृद्ध बनाउने अभियान भक्तपुरबाटै सुरु हुने बताए ।

सरकारको एक वर्षको कामको विषय उठान गर्दै पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले यो सरकार ५ वर्षे स्थायी सरकार भएकाले विकासका योजनालाई क्रमशः अघि बढाउँदै गएको बताए । संधिवान कार्यान्वयन र विकास, समृद्धिका लागि सरकारको एक वर्ष आधार वर्ष भएको र अर्को वर्षबाट सबैले अनुभूति गर्ने गरी सरकारका काम देखिने पनि उनले बताए ।

हनुमन्ते सफाइ अभियानको ५१ औ हप्ताको कार्यक्रम अन्तर्गत शनिबार मध्यपुर र सूर्यविनायक नगरपालिकाको सीमास्थित मध्यपुर अस्पतालको दक्षिणतर्फ हनुमन्ते खोलाबाट सफाइ अभियान अघि बढाइएको भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ९ : २२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको