चुनावको पूर्वसन्ध्यामा हमला, ६६ जनाको हत्या | Khabarhub Khabarhub

चुनावको पूर्वसन्ध्यामा हमला, ६६ जनाको हत्या


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा- नाइजेरियामा राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा भएको आक्रमणमा ६६ जनाको मृत्यु भएको छ । अज्ञात बन्दुकधारीले चलाएको अन्धाधुन्द गोली प्रहारबाट उत्तरी राज्य कादुनको काजुरुमा ६६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेको राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले जानकारी दिए । आक्रमण गर्नुको कारण बारे अहिलेसम्म कसैले जिम्मेवारी दिएको छैन ।

घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुले घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही आशंङ्कीत व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् ।

स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले बताए । उनीहरुले सुरक्षाकर्मीहरु र सरकारी अधिकारीहरुलाई सहयोग गर्न आह्वान पनि गरेको समाचारमा जनाइएको छ ।

निर्वाचनको दिन नजिकिदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन् ।

नाइजेरियामा शनिबारका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडी सारिएको छ । निर्वाचन हुने दिनको केही घण्टा अगाडी सूचना जारी गर्दै निर्वाचन पछाडी सारेर फेबु्रअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १ : ०५ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट