जाजरकोटमा बढ्दै मुटुरोगीको संख्या, चौबीस जनालाई गङ्गालालमा रिफर « Khabarhub

जाजरकोटमा बढ्दै मुटुरोगीको संख्या, चौबीस जनालाई गङ्गालालमा रिफर


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताए ।

सोे शिविरमा ८४२ जनाले मुटुको परीक्षण गराएका थिए भने ३ सय १० जनाले इको र ४५० जनाले इसिजी गराएका थिए । तीमध्ये एक सय जनामा मुटुसम्बन्धी कुनै न कुनै प्रकारको समस्या देखिएको थियो । भरपर्दो स्वास्थ्य सेवाको अभावमा जिल्लाका दुर्गम गाउँवासीले साधारण औषधि पनि पाइरहेका छैनन् ।

“एकैपटक यति धेरै बिरामी उपचारका लागि सिफारिश गरिएको यो नै पहिलो पटक हो”, डा. मल्लले भने, “परीक्षणको अवस्था हेर्दा जाजरकोटका धेरै मानिसमा मुटुसम्बन्धी रोगको ठूलो समस्या रहेकोे छ ।”

जिल्ला अस्पतालले सिफारिश गरेका बिरामीहरूको निःशुल्क उपचार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा गरिनेछ भने बिरामी र एकजना कुरुवालाई आउने जाने खर्चको व्यवस्था समेत मिलाइएको छ । सो खर्च जयन्ती स्मृति ट्रष्ट सम्मान फाउण्डेसनले ब्यहोर्ने जनाइएको छ ।

मुटुसम्बन्धी जटिल समस्या देखिएका २४ जनालाई थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको हो । चार जनाको भल्भ फेर्नुपर्ने, चारजनामा मुटुको बाथरोग, मुटुमा प्वाल परेका (युएसडी र एएसडी गरी) दस जना, पेसमेकर राखिएका एकजना, टीएमटी एक जना, एन्जियोग्राम दुई जना, पत्ता नलागेर थप परीक्षण गर्नुपर्ने दुई जना गरी २४ जनालाई सिफारिश गरिएको डा मल्लले जानकारी दिए ।

जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलका अनुसार उपचारमा पहुँच नभएका बिरामीका लागि शिविर निकै लाभदायी रहेको छ । जिल्ला सदरमुकाम आउन तीन दिन भन्दा बढी लाग्ने दुर्गमका स्थानीयवासीका लागि यो एक महत्वपूर्ण अवसर बन्न पुगेको थियो ।

आर्थिक अवस्था कमजोर भएका विरामीहरू उपचारका लागि जिल्ला बाहिर जान नसकी रोग बल्झिने र धेरैको ज्यान जाने गरेको अनुमान छ । तीमध्ये धेरै जना सडकको पहुँच र पोषिलो खानाको अभावसँगै धुवाँधुलोमा काम गर्छन् । सल्लाको दियालो बालेर दैनिक काम गर्ने र परम्परागत चुलोको प्रयोगले गर्दा मुटुमा समस्या देखिएको बताइन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १ : ४२ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण