सडकमा फालिएको प्लास्टिकबाट बन्छ मोबाइलको ब्याट्री « Khabarhub

सडकमा फालिएको प्लास्टिकबाट बन्छ मोबाइलको ब्याट्री


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–नेपालमा प्लास्टिकका झोला प्रयोगका विभिन्न निकायले प्रतिबन्ध लगाइरहेका छन् । तर, अमेरिकाको पाड्यु युनिभर्सिटीले एक पटक प्रयोग गरिएको प्लास्टिकको झोलालाई प्रयोग गर्ने मोबाइल तथा अन्य इलेक्टोनिक्स डिभाइसमा प्रयोग गर्न सकिने ब्याट्रि बनाउन सकिने पत्ता लगाएको छ ।

लामो समयसम्मको खोज तथा अध्ययनपछि एक पटक प्रयोग गरिएको प्लास्टिकको झोलाबाट कार्वन उत्पादन गरी ब्याट्रि बनाउन सकिने पत्ता लागेको छ । एक पटक प्रयोग गरेर फाल्दा प्रदूषण बढ्नुका साथै वातावरणीय पर्यावरका लागि घातक सावित भएको प्लास्टिक ब्यागको महत्व बढ्ने देखिएको छ।

प्लास्टिक ब्यागबाट धेरै मात्रामा कार्बन पाउन सकिने अध्ययनबाट खुलेको छ । तर, शुद्ध कार्बन निकाल्न भने निक्कै कठिन हुनेछ ।

यसरी प्रयोग गरिनेछ प्लास्टिकको ब्याग

अध्ययन अनुसार सबैभन्दा पहिला संकलित प्लास्टिक ब्यागलाई सल्फ्युरिक एसिडमा हालिनेछ । त्यसपछि यसलाई साल्बोथर्मल रिएक्टर भित्र राखिन्छ ।

त्यसलाई विस्तारै तताएर पगालिन्छ । त्यसपछि पालिईलिलिन कार्ब बैंकबोनमा सल्फोरिक एसिड हालेर बाहिर ग्यास ननिस्कने गरी तताईन्छ ।

त्यसपछि रिएक्टरमार्फत सल्फोनेटेड पालिईथिलिनलाई हटाएर शुद्ध कार्बन निकालिन्छ । त्यसलाई भट्टीमा लगेर तताइन्छ । यति भएपछि कार्बनलाई एक कालो पाउडरमा राखेर लिथियम आयन ब्याट्रि बनाउन प्रयोग गरिन्छ ।

यसरी तया पारिएको ब्याट्रि पनि अन्य ब्याट्रिजस्तै काम गर्न सक्ने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  २ : ०६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ