फोटोकथा : भूकम्पको पीडा भुल्दै बसन्तपुर « Khabarhub

फोटोकथा : भूकम्पको पीडा भुल्दै बसन्तपुर


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ऐतिहासिक धरोहर हो, बसन्तपुर दरबार स्क्वायर । त्यति मात्र होइन काठमाडौं महानगरको परिचयको प्रतीक ऐतिहासिक काष्ठमण्डप पनि यहिँ छ ।

जहाँ आन्तरिक मात्र होइन बाह्य पर्यटकको बाक्लो घुइँचो लाग्छ । ऐतिहासिक नौ तले दरबार, कुमारी मन्दिर, काष्ठमण्ड मन्दिर, बसन्तपुर संग्रहालय, ठूलो दमाहा तथा घण्ट लगायत यस क्षेत्रका आकर्षण हुन् ।

अहिले यस क्षेत्रमा मानिसको चहलपहल नघटे पनि पर्यटक भने घटेका छन् । मौलिक रुपमा देख्न पाइन्न–दरबार स्क्वायर क्षेत्र । काठका टेका लगाइएका मन्दिर, हरिया पर्दाले छोपिएका परम्परागत कलाकृति, कतै गजुर नै नभएका त कतै टेंढा परेका मन्दिरका गजुर भूकम्पको दर्दनाक पीडा भुलेर आफ्नो वास्तविक स्थितिमा फर्किन व्यग्र प्रतिक्षामा रहेकाजस्तो देखिन्छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत यो क्षेत्र १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि यस्तो हालतमा पुगेको हो । भूकम्प गएको झण्डै चार वर्ष पुग्न लागिसक्यो, यहाँ ऐतिहासिक सम्पदा भने अझै ठडिन सकेका छैनन् ।

तर, पुरातत्व विभागले भने बसन्तपुर दरबार क्षेत्रको पुनःनिर्माणको कामले गति लिइरहेको दाबी गर्छ । बसन्तपुर क्षेत्रका ३५ वटा संरचनामध्ये सानातिनाको निर्माण सकिइसकेको र अधिकांश संरचना पुनःनिर्माणको क्रममा रहेको विभागका अधिकारीको भनाइ छ । पुनःनिर्माणमा देखिएको सुस्त शैलीले चाँडै निर्माण पूरा हुनेमा भने द्विविधा नै छ ।

बसन्तपुरको नौतले दरबार, राधाकृष्ण मन्दिर, काष्ठमण्डप मन्दिरको काम धमाधम भइरहेको छ । विभिन्न विदेशी दातृ निकाय चीन, अमेरिका र नेपाल सरकारको आफ्नै परियोजनाअन्तर्गत अहिले बसन्तपुर क्षेत्रका ऐतिहासिक सम्पदाको पुनःनिर्माण भइरहेको छ ।

भूकम्पले अस्तव्यस्त बनेको बसन्तपुर क्षेत्र अहिले केही हदसम्म भएपनि व्यवस्थित बनेको छ । बसन्तपुर दरबार क्षेत्रको ऐतिहासिक गद्दी वैठक भवनको पुनःनिर्माण भइसकेको छ भने बाँकी सम्पदाको पनि पुनर्निर्माणको काम भइरहेको छ ।

खबरहबका फोटो पत्रकार कृष्ण खत्रीले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भइरहेको पुनर्निमाणको काम र त्यहाँका सम्पदाको अवस्थालाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।

हेर्नुहोस् बसन्तपुर क्षेत्रमा जारी पुन:निर्माणसँग सम्बन्धित बाँकी तस्वीरहरु,

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ५ : २० बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर