काठमाडौं– शनिबार दिउँसो भक्तपुरमा भीषण असिना पानी पर्यो । असिना पानीले खेतबारीमा लगाइएको तरकारी बाली नष्ट भएको छ ।
असिनापानीले तरकारी नष्ट पारेपछि किसान चिन्तित बनेका छन् । असिना परेपछि खेतबारी तथा सडक पुरै सेताम्य बनेका थिए ।
माघको अन्तिम सातातिर लगातार तीन दिन परेको पानीले भक्तपुरको सूर्य विनायक आसपासका डाँडामा हिमपात भएको थियो भने फागुन लागेसँगै असिना पानी पर्न थालेको हो ।
शनिबार दिउँसो केही बेर काठमाडौंमा पनि असिना पानी परेको थियो । यस्तै सिन्धुपाल्चाेकमा पनि असिनापानीले खेतीबालीमा क्षति पुगेको जनाइएको छ ।
प्रतिक्रिया