विश्वका घुम्नैपर्ने १० शहरको सूचीमा काठमाडौं ५ अ‍ाैं नम्बरमा « Khabarhub

विश्वका घुम्नैपर्ने १० शहरको सूचीमा काठमाडौं ५ अ‍ाैं नम्बरमा


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व चर्चित ट्राभल वेबसाईट लन्ली प्लानेटले नेपालको राजधानी काठमाडौंले घुम्नैपर्ने विश्वका उत्कृष्ट १० शहरको सूचीमा समावेश गरेको छ ।

लन्ली प्लानेटले घुम्नैपर्ने विश्वका १० उत्कृष्ट शहरमध्ये काठमाडौंलाई ५ औं स्थानमा राखेको छ ।

सन् २०१९ का मा घुम्नैपर्ने विश्वका १० शहरमध्ये काठमाडौंलाई ५ नम्बरलाई राखेको लन्ली प्लानेटले यहाँको ट्राफिक व्यवस्था दशकयताकै राम्रो भएको पनि बताएको छ ।

सन् २०१५ को भूकम्पले केही कुरुप भएको काठमाडौं अहिलेको अवस्थामा घुम्नलायक शहरको रुपमा परिणत भइसकेको लन्ली प्लानेटको भनाइ छ ।

भूकम्पले भत्किएका ऐतिहासिक धरोहरहरु आफ्नो पुरानै मौलिक अवस्थामा आइसकेको तथा काठमाडौंको वातावरण शान्त रहेको वेबसाईटमा उल्लेख छ । काठमाडौंमा नियमित रुपमा विद्युत उपलब्ध हुनुका साथै ठाउँ ठाउँमा निःशुल्क वाइफाइको व्यवस्था भएको पनि लन्ली प्लानेटले उल्लेख गरेको छ ।

लन्ली प्लानेटले विश्वका घुम्नैपर्ने १० शहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोभी साद, चौथौमा अमेरिकाको मायामी र पाँचौमा नेपालको काठमाडौंलाई राखेको छ ।

यस्तै, छैटौंमा मेक्सिकाको मेक्सिको सिटी, सातौंमा सेनेगलको डाकर, आठौंमा अमेरिकाको सियाटल, नवौंमा क्रोसियाको जदार र सूचीको दशैं नम्बरमा मोरक्कोको मेक्नेज शहरलाई राखेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ३४ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको