प्रधानमन्त्री थकित हुनुभएको हो, स्वास्थ्य ठीक छ : विष्णु रिमाल « Khabarhub

प्रधानमन्त्री थकित हुनुभएको हो, स्वास्थ्य ठीक छ : विष्णु रिमाल


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा उपचार गरेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्रीकै स्वास्थ्यका कारण हिजो (बिहीबार)का लागि बोलाइएको नेकपा सचिवालयको बैठक आज (शुक्रबार) ३ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री सरकारको बाक्लो कामको धपेडीका कारण थकित भएको भन्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधामन्त्रीको स्वास्थ्य ठीक रहेको बताएका छन् ।

रिमालले भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो । जसका कारण सचिवालय बैठक एक दिनका लागि स्थगित भयो। यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ । उहॉ बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ।’

रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद पनि दिएका छन् ।

रिमालले बिहीबार राति प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिँदै गरेको ट्वीट यस्तो छ:

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ६ : ४० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको