ट्वाइलेटमा मोबाइल चलाउने बानी छ ? ज्यानै जाने खतरा ! « Khabarhub

ट्वाइलेटमा मोबाइल चलाउने बानी छ ? ज्यानै जाने खतरा !


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिले फड्को मारेसँगै मानिसको सवैभन्दा नजिकको साथी मोबाइल बनेको छ ।

हरेक मान्छेको हात–हातमा मोबाइल सहज उपलब्ध भएको छ । मानिस अलिकति फुर्सदिलो भयो कि मोबाइलमै झुन्डिन्छन् । खानाबेला देखी ट्वाइलेट वा बाथरुममा हुँदासम्म मोबाइलको प्रयोग गर्ने धेरैको बानी हुनसक्छ ।

ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथी खेलवाड गर्नु हो । यस्तो बानीले ज्यानै जानसक्ने विशेषज्ञहरु बताउँछन् ।

बाथरुम वा ट्वाइलेमा मोबाइल प्रयोग गर्ने बानीले गम्भिर रोग निम्त्याइरहेको विशेषज्ञहरुको दाबी गर्छन् । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने उनीहरु सुझाउछन् ।

जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ ।

जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् ।

जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं। यति गर्दा पनि ट्वाइलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुपर्ने उनीहरु सुझाउँछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ४० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै