मुख्यमन्त्री पोखरलले गरे बम विस्फोट भएको घटनास्थलको स्थलगत निरीक्षण « Khabarhub

मुख्यमन्त्री पोखरलले गरे बम विस्फोट भएको घटनास्थलको स्थलगत निरीक्षण


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश नं ५ का मुख्मन्त्री शंकर पाेखरेलले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश सभामा नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको स्थलगत निरीक्षण गरेका छन् ।

सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । मुख्यमन्त्रीसहितको टोलीले सचेतक ढकालको निजी निवासमा पुगेर स्थलगत निरीक्षण गर्नुका साथै घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे । छानबिनका लागि कुनै कसर बाँकी नराख्ने भन्दै उनले परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्ता अपराधपूर्ण कार्य सह्य नहुने भन्दै घटनामा संलग्नको खोजबिन गरेर कानूनी दायरामा ल्याइने बताए । बम प्रहारबाट सचेतक ढकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रबिनराज मैनालीले जानकारी दिए ।

मोटरसाइकलमा आएका आक्रमणकारी समूहले ढकालको घरको झ्यालमा समेत बम प्रहार गरेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा मट्टितेल भरिएका दुई बोतलसमेत फेला परेको बताइएको छ ।

घटनास्थलमा मुख्यमन्त्री पोखरेलसहित प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, प्रदेशसभा संसदीय समितिका सभापति दधिराम न्यौपाने, डा कृष्ण न्यौपाने, काङ्ग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य कमला विश्वकर्मा, तारा जिसी, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, प्रदेशका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु पुगेका थिए ।

प्रमुख सचेतक ढकाल बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका बेला घरमा आक्रमण भएको हो । सैनामैना–८ रामापुर कलौनीमा रहेको उहाँको घरमा पत्नी, बुबाआमालगायत छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : ४७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।