व्यवसायमा सफल बन्न थाहा पाउनुपर्ने टिप्स « Khabarhub

व्यवसायमा सफल बन्न थाहा पाउनुपर्ने टिप्स


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईं कुनै व्यवसायको सुरुवात गर्दै हुनुहुन्छ ? अनि तपाईं व्यवसायमा सफलता चाहानुहुन्छ ? यदि त्यसो हो भने तपाईंले बास्तुलाई ध्यानमा राखेर ब्यवसायको सुरुवात गर्नुहोस् । यसो गर्दा तपाईंको व्यवसाय सफल हुन्छ ।

बास्तुशास्त्रीहरुका अनुसार, कुनैपनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनैपनि तोडफोडको आवश्यकता पर्दैन । केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा पनि भवनभित्रको वातावरण आकर्षक मात्र होइन, वास्तुमैत्री समेत बन्न सक्छ ।

भारतका वास्तुशास्त्री खुशदिप बंशलले दिएको टिप्स अनुसार मेटल, कलर, मिरर, पिरामिड, घरका चिजवस्तुहरु, पेन्टिङ, लाइटको प्रयोग सही दिशामा हुनु आवश्यक छ । उनको भनाईमा वास्तुशास्त्र एक प्रयोगात्मक विज्ञान हो । आफ्नो कार्यालयको वास्तुदोष मेटाउन कुनैपनि तोडफोड गरिरहन पर्दैन, केही सामान्य कुरामा ध्यान दिए पुग्छ ।

जस्तो कार्यालयको पेन्टिङमा सामान्य परिवर्तन, चिजवस्तु राख्ने स्थानमा परिवर्तन, बत्ति सजावट परिवर्तन लगाएतका कुराले बास्तु दोष मेटाउन सकिन्छ ।

यस्ता छन् टिप्स

  • भवनको पुर्वी र पश्चिम दिशामा मात्र आफ्नो साइट कार्यालय बनाउनुहोस् ।
  • तपाईंले बनाउँदै गरेको प्लान्टको उत्तर र दक्षिण दिशामा झुक्किएर पनि कच्चा पदार्थ नराख्नुस् ।
  • सबैभन्दा पहिला प्लान्टको उत्तर दिशाबाट कन्स्ट्रक्सनको सुरुवात गर्नुहोस् ।
  • तपाईंको कार्यालयको दक्षिण पट्टि दौडदै गरेको १२ घोडाको मूर्ति वा चित्र राख्नुहोस् ।
  • कार्यालयको उत्तर वा दक्षिण क्षेत्रमा रातो हात्ती राख्दा तपाईको व्यवसाय फष्टाउने बास्तुशास्त्रीहरु बताउँछन् ।
  • कुनैपनि विक्री सँग सम्बन्धित काम गर्नका लागि भने पूर्वमा पश्चिमतर्फ मुख फर्काएर बस्ने गर्नुहोस् ।
  • बजारीकरणका लागि दक्षिण वा उत्तर दिशामा बस्ने गनुहोस् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : २० बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली