व्यवसायमा सफल बन्न थाहा पाउनुपर्ने टिप्स « Khabarhub

व्यवसायमा सफल बन्न थाहा पाउनुपर्ने टिप्स


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईं कुनै व्यवसायको सुरुवात गर्दै हुनुहुन्छ ? अनि तपाईं व्यवसायमा सफलता चाहानुहुन्छ ? यदि त्यसो हो भने तपाईंले बास्तुलाई ध्यानमा राखेर ब्यवसायको सुरुवात गर्नुहोस् । यसो गर्दा तपाईंको व्यवसाय सफल हुन्छ ।

बास्तुशास्त्रीहरुका अनुसार, कुनैपनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनैपनि तोडफोडको आवश्यकता पर्दैन । केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा पनि भवनभित्रको वातावरण आकर्षक मात्र होइन, वास्तुमैत्री समेत बन्न सक्छ ।

भारतका वास्तुशास्त्री खुशदिप बंशलले दिएको टिप्स अनुसार मेटल, कलर, मिरर, पिरामिड, घरका चिजवस्तुहरु, पेन्टिङ, लाइटको प्रयोग सही दिशामा हुनु आवश्यक छ । उनको भनाईमा वास्तुशास्त्र एक प्रयोगात्मक विज्ञान हो । आफ्नो कार्यालयको वास्तुदोष मेटाउन कुनैपनि तोडफोड गरिरहन पर्दैन, केही सामान्य कुरामा ध्यान दिए पुग्छ ।

जस्तो कार्यालयको पेन्टिङमा सामान्य परिवर्तन, चिजवस्तु राख्ने स्थानमा परिवर्तन, बत्ति सजावट परिवर्तन लगाएतका कुराले बास्तु दोष मेटाउन सकिन्छ ।

यस्ता छन् टिप्स

  • भवनको पुर्वी र पश्चिम दिशामा मात्र आफ्नो साइट कार्यालय बनाउनुहोस् ।
  • तपाईंले बनाउँदै गरेको प्लान्टको उत्तर र दक्षिण दिशामा झुक्किएर पनि कच्चा पदार्थ नराख्नुस् ।
  • सबैभन्दा पहिला प्लान्टको उत्तर दिशाबाट कन्स्ट्रक्सनको सुरुवात गर्नुहोस् ।
  • तपाईंको कार्यालयको दक्षिण पट्टि दौडदै गरेको १२ घोडाको मूर्ति वा चित्र राख्नुहोस् ।
  • कार्यालयको उत्तर वा दक्षिण क्षेत्रमा रातो हात्ती राख्दा तपाईको व्यवसाय फष्टाउने बास्तुशास्त्रीहरु बताउँछन् ।
  • कुनैपनि विक्री सँग सम्बन्धित काम गर्नका लागि भने पूर्वमा पश्चिमतर्फ मुख फर्काएर बस्ने गर्नुहोस् ।
  • बजारीकरणका लागि दक्षिण वा उत्तर दिशामा बस्ने गनुहोस् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : २० बजे

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान