ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली « Khabarhub

ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अहिले स्वस्थ्य रहेको बताएका छन् ।

शुक्रबार झापाका जनप्रतिनिधिहरुसँग भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको बताएका हुन् ।

‘म सिकिस्तै भएको खबर सुनेर आउनुभएको होला । म १५ वर्ष अघि बिरामी थिए, अहिले होइन,’ आफूलाई भेट्न आएका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले भने, ‘हिजो (बिहीबार) ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए ।’

प्रधानमन्त्री ओलीलाई भेट्न आएका झापाका जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री ओलीले भने आफू अहिले स्वस्थ्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति धेरै चिन्ता लिनुनपर्ने बताए ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका ओली १० दिनपछि सोमबार स्वदेश फर्किका थिए । ओली स्वदेश फर्किएपछि बुधबार र बिहीबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्ने भनिएको थियो ।

तर, बिहीबार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक शुक्रबारका लागि सारिएको थियो । अहिले सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

एकता प्रक्रियालाई पूर्णता दिनका लागि विभाग गठन लगायतका विषयलाई टुंग्याउने जनाइएको छ ।


तस्वीरहरु– कृष्ण पौड्यालको फेसबूकबाट

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : २८ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको