ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली « Khabarhub

ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अहिले स्वस्थ्य रहेको बताएका छन् ।

शुक्रबार झापाका जनप्रतिनिधिहरुसँग भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको बताएका हुन् ।

‘म सिकिस्तै भएको खबर सुनेर आउनुभएको होला । म १५ वर्ष अघि बिरामी थिए, अहिले होइन,’ आफूलाई भेट्न आएका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले भने, ‘हिजो (बिहीबार) ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए ।’

प्रधानमन्त्री ओलीलाई भेट्न आएका झापाका जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री ओलीले भने आफू अहिले स्वस्थ्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति धेरै चिन्ता लिनुनपर्ने बताए ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका ओली १० दिनपछि सोमबार स्वदेश फर्किका थिए । ओली स्वदेश फर्किएपछि बुधबार र बिहीबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्ने भनिएको थियो ।

तर, बिहीबार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक शुक्रबारका लागि सारिएको थियो । अहिले सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

एकता प्रक्रियालाई पूर्णता दिनका लागि विभाग गठन लगायतका विषयलाई टुंग्याउने जनाइएको छ ।


तस्वीरहरु– कृष्ण पौड्यालको फेसबूकबाट

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : २८ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको