नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने « Khabarhub

नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य वामदेव गौतमको ‘व्यवस्थापन’ गर्न उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ ।

हाल २ जना अध्यक्ष र केन्द्रमा ९ सदस्यीय पार्टी सचिवालय रहेको नेकपामा अब ‘उपाध्यक्ष’ पनि सिर्जना गरिन लागेको हो ।

शुक्रवार बसेको नेकपाको सचिवालय बैठकले नेता गौतमलाई उपाध्यक्षमा मनोनित गर्नका लागि अब बस्ने स्थायी कमिटीको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय सचिवालय बैठकले गरेको छ ।

त्यस्तै नेकपाको बैठकले विभिन्न ३३ विभागहरुको टुंगो लगाएको छ ।

सबैभन्दा विवादित बनेको स्कुल विभाग ईश्वर पोखरेलले पाएका छन् । उक्त विभागमा नारायणकाजी श्रेष्ठले पनि दावी गरेका थिए । श्रेष्ठले प्रचार विभागको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ३ : ०२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६