वामदेव कसरी बने नेकपामा शक्तिशाली ? « Khabarhub

वामदेव कसरी बने नेकपामा शक्तिशाली ?


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वयले वामदेवलाई उपाध्यक्ष बनाउन पद श्रृजना गर्ने प्रस्ताव राखेका हुन् । अध्यक्षद्वयको प्रस्ताव कसैले पनि फरक मत राखेका छैनन् । यद्दपी उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकबाट अनुमोदन हुनुपर्ने छ ।

निर्वाचनदेखि नै ओलीसँग दूरी बढाएका नेता गौतम अध्यक्ष ओली सिंगापुर जानु अघि नजिकिएका थिए । भेटमा विश्वासको सम्बन्ध बनेपछि सिंगापुरबाट फर्किएका ओलीलाई स्वागत गर्न नेता गौतम विमानस्थल पुगेका थिए ।

सचिवालय बैठकले वामदेवलाई संगठन विभागको जिम्मेवारी समेत दिइसकेको अवस्थामा वामदेव अव ओली र प्रचण्डपछि नेकपामा तेस्रो शक्तिशाली नेता बनेका छन् ।

वरिष्ठ नेता माधव नेपालसँग दोस्रो वरियता बाहेक परराष्ट्र विभाग मात्र छ भने अर्का वरिष्ठ नेता झलनाथ खनालसँग नीति तथा अध्ययन विभाग मात्र छ । त्यसैले सबैभन्दा शक्तिशाली मानिने विभागसहित उपाध्यक्षसमेत बनाउने प्रस्ताव गरेपछि गौतम अध्यक्षद्वय भन्दा शक्तिशाली नेता बन्ने भएका हुन् ।

मनदन भण्डारीलेसमेत ‘वामदेव नभए पार्टी लुलो हुन्छ’ भनेका गौतमले संगठन विभागको जिम्मेवारी पाएसँगै पार्टीमा उनको प्रभाव बढ्ने आकलन भइरहेको बेला उपाध्यक्षकोसमेत जिम्मेवारी पाउने भएपछि उनी थप शक्तिशाली बन्ने निश्चित छ ।

कसरी बने शक्तिशाली ?

तत्कालिन नेकपा एमालेको संसदीय दलको नेता हुँदै नवौं महाधिवेशनमा ओलीलाई जिताउन वामदेव गौतमले महत्वपूर्ण खेलेका थिए ।
२०७४ को चुनावमा बर्दियाबाट पराजित भएपछि उनी पार्टी संस्थापन पक्षसँग टाढिएका थिए । पार्टी संस्थापनले नै असहयोग गरेर चुनावमा पराजित भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

पूर्व एमाले र माओवादी केन्द्रबीचको एकताको क्रममा भूमिका खेलेका नेता गौतमले एकतापछि महत्वपूर्ण भूमिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

पार्टीका बैठकहरुमा गौतमले अध्यक्षले शक्ति आफूमा लिएको भन्दै शक्ति बाँडफाँट हुनुपर्ने बताउँदै आएका थिए । एक जना अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी चलाउनुपर्ने उनको भनाइ थियो ।

उनले यस्तो प्रस्ताव स्थायी समिति बैठकमा राखेपछि ओलीले संगठन विभागमा रामबहादुर थापालाई अघि सारेका थिए । नेता गौतमले उक्त प्रस्ताव अर्का अध्यक्ष प्रचण्डको इच्छामा पेश गरेको ओलीको बुझाइ थियो । पार्टीमा अल्पमतमा पर्दै गएपछि ओलीले गौतमलाई पुन संगठन विभागमा अघि सारेका विश्लेषकको भनाइ छ ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलका अनुसार एक व्यक्ति एक पद लगायतका विषय गौतमले उठान गरेका कारण त्यसको व्यवस्थापन गर्न नेकपाका अध्यक्षद्वयले वामदेवलाई स्थान दिएको हुन सक्छ ।

नेता गौतम पछिल्लो समय अर्का अध्यक्ष प्रचण्डसँग नजिकिँदै गएपछि उनलाई जिम्मेवारी दिइ आफ्नो पक्षमा पार्न ओलीलाई दवाव परेको थियो ।

विगतमा एमालेको गुट चलाउँदै आएका गौतम पछिल्लो समय माओवादी पक्षकासमेत रुचिका पात्र बनेका थिए । कहिले केपी ओली त कहिले प्रचण्ड तिर नजिक हुने गरेका वामदेवलाई पार्टी एकतापछिको संगठनलाई सन्तुलित रुपमा चलाउन भने चुनौती देखिन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ५ : ५३ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन