सरकारले सुनेन सुस्ताबासीको सुस्केरा ! (फोटो फिचर) « Khabarhub

सरकारले सुनेन सुस्ताबासीको सुस्केरा ! (फोटो फिचर)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायण वली

नवलपरासी – प्रदेश नम्बर ५ अन्तर्गत नारायणी नदी पारीका सुस्तावासीहरुको दैनिकी जोखिममै बित्छ । लामो समयदेखि नारायणी नदीमा पुल नहुँदा उनीहरु जोखिम मोलेरै डुङ्गाको यात्रा गर्न बाध्य छन् ।

‘लामो समय भयो जोखिम मोलेर यात्रा गर्न बाध्य छौं ।’ स्थानीयवासी मुन्ना खाँनले भने,‘ समस्या समाधानका लागि हामीलाई झोलुङ्गे पुल आवश्यक छ । वारपार गर्दा धेरै पटक डुङ्गा पल्टिन्छ । ज्यान दाउमा राखेर यात्रा गर्न बाध्य छौं ।’

डुंगाको जोखिमपूर्ण यात्राका कारण बजार गएका घरका सदस्यहरु साँझ फर्कदा केही हुने हो कि ? भन्ने चिन्ताले सधैँ पिरोल्ने गरेको स्थानीयहरु बताउँछन् । विकल्पको रुपमा रहेको डुङ्गामा सवार नगरे दैनिकी चलाउन निकै सकस हुने उनीहरुको भनाइ छ ।

झोलङ्गे पुल नभएकाले यात्रा गर्न असहज हुने गरेको स्थानीयवासी आदम खाँनले aताए । खाँनले भने, ‘डुङ्गामा जान र आउन धेरै समय लाग्ने र रातिको समयमा डुङ्गा नचल्ले भएकाले विरामी पर्दा कतिको समयमा उपचार नपाउँदा अकालै ज्यान ज्यान गरेको छ ।’

नारायणी नदीमा झोलुङ्गे पुल मात्रै सरकारले बनाई दिए यी सबै समस्या समाधान हुने उनीहरु बताउँछन् । उनीहरुको एउटै माग छ- सरकारले नारायणी नदीमा पुल बनाइदिए हुन्थ्यो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ४३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल