सरकारले सुनेन सुस्ताबासीको सुस्केरा ! (फोटो फिचर) « Khabarhub

सरकारले सुनेन सुस्ताबासीको सुस्केरा ! (फोटो फिचर)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायण वली

नवलपरासी – प्रदेश नम्बर ५ अन्तर्गत नारायणी नदी पारीका सुस्तावासीहरुको दैनिकी जोखिममै बित्छ । लामो समयदेखि नारायणी नदीमा पुल नहुँदा उनीहरु जोखिम मोलेरै डुङ्गाको यात्रा गर्न बाध्य छन् ।

‘लामो समय भयो जोखिम मोलेर यात्रा गर्न बाध्य छौं ।’ स्थानीयवासी मुन्ना खाँनले भने,‘ समस्या समाधानका लागि हामीलाई झोलुङ्गे पुल आवश्यक छ । वारपार गर्दा धेरै पटक डुङ्गा पल्टिन्छ । ज्यान दाउमा राखेर यात्रा गर्न बाध्य छौं ।’

डुंगाको जोखिमपूर्ण यात्राका कारण बजार गएका घरका सदस्यहरु साँझ फर्कदा केही हुने हो कि ? भन्ने चिन्ताले सधैँ पिरोल्ने गरेको स्थानीयहरु बताउँछन् । विकल्पको रुपमा रहेको डुङ्गामा सवार नगरे दैनिकी चलाउन निकै सकस हुने उनीहरुको भनाइ छ ।

झोलङ्गे पुल नभएकाले यात्रा गर्न असहज हुने गरेको स्थानीयवासी आदम खाँनले aताए । खाँनले भने, ‘डुङ्गामा जान र आउन धेरै समय लाग्ने र रातिको समयमा डुङ्गा नचल्ले भएकाले विरामी पर्दा कतिको समयमा उपचार नपाउँदा अकालै ज्यान ज्यान गरेको छ ।’

नारायणी नदीमा झोलुङ्गे पुल मात्रै सरकारले बनाई दिए यी सबै समस्या समाधान हुने उनीहरु बताउँछन् । उनीहरुको एउटै माग छ- सरकारले नारायणी नदीमा पुल बनाइदिए हुन्थ्यो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ४३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल