यी पाँच समस्या भएका व्यक्तिले कागती पानी खानु झन खतरा ! « Khabarhub

यी पाँच समस्या भएका व्यक्तिले कागती पानी खानु झन खतरा !


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कागती पानी खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । चिकित्सकहरुले समेत विभिन्न स्वास्थ्य सम्बन्धी समस्या न्यून पार्न कागती पानी खान सल्लाह तथा परामर्श दिन्छन् ।

तर, कागती पानी खानु केही व्यक्तिहरुका लागि भने खतरा हुने गर्छ । स्वास्थ्यमा के कस्ता समस्या हुँदा कागती पानी नखाने ? यस विषयमा केही टिप्सः

१. मुटुका रोगीहरु

मुटु सम्बन्धी रोग भएका व्यक्तिले कागती पानी खानु उचित हुँदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ । कागती पानीको धेरै प्रयोग गर्नाले एसिडिटी वढ्ने, मुटुको जलन र एसिड रिफलक्स जस्ता समस्याले सताउने गर्छ । मुटुका रोगीहरु कागती पानीबाट टाढा बस्नु नै फाइदा हुन्छ ।

२. अल्सर भएका व्यक्ति

अल्सर भएका व्यक्तिहरुका लागि पनि कागती पानी घातक बन्न सक्छ । त्यसैले यस्ता व्यक्तिले कागती पानी नखानु राम्रो हुन्छ । पेट दुख्ने र पोल्ने समस्याले अल्सरलाई झन मलजल गर्छ । यसले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछ ।

३. दाँतको समस्या भएको व्यक्ति

कागती पानी धेरै पिउनाले दाँतको इनामेल नष्ट भई टुक्रिने, फुट्ने र सेन्ट्रिभेट बढ्न सक्छ । दाँतको समस्या भएका व्यक्तिहरुले कागती पानी पिउन हुँदैन् । आफ्नो शरीरले खप्न सक्ने जति मात्र कागती पानी पिउन सकिन्छ । त्यस्तै पिसाबसँग सम्बन्धित समस्या भएको व्यतिmले कागती पानी पिउन उचित नहुने चिकित्सकहरु बताउँछन् ।

४. डाइबेटिज र पत्थरीको सर्जरी गरेको व्यक्ति

कागती पानीले छिटो पिसाब लाग्ने हुँदा पत्थरीको सर्जरी गरेका व्यक्तिहरुलाई कागती पानीले समस्या पार्छ । डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्तिलाई कागती पानी निकै घातक हुन्छ ।

५ कफ र पित्तको समस्या भएको व्यक्ति

कागती पानीले कफ र पित्त बढाउँछ । कफ र पित्तको समस्या भएको व्यक्तिले कफ र पित्त बढाउने सम्भावना धेरै हुन्छ । कागती पानी पिउने बानीले आफ्नै शरीरलाई ठूलो समस्यामा पार्छ । स्वस्थ र व्यस्त रहन अत्यधिक कागती पानी पिउनबाट टाढा रहनुपर्छ ।

विशेषज्ञका अनुसार कागतीमा पाइने एसिड र मानव शरीरमा पाइने एसिड मिश्रण हुँदा अझै स्वास्थ्य बिग्रने सम्भावना धेरै हुन्छ । त्यसैले अधिक मात्रामा कागती पानीको सेवन स्वास्थ्यका लागि खतरा बन्न सक्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ४३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि