कांग्रेसको अवरोधपछि संसद बैठक २ दिनका लागि स्थगित « Khabarhub

कांग्रेसको अवरोधपछि संसद बैठक २ दिनका लागि स्थगित


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबारको संसद बैठक अवरुद्ध पारेको थियो ।

कांग्रेसले आधा घण्टासम्म नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

सभामुख कृष्णबहादुर महराले सोमबारको संसद बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्ने समय दिए । संसदमा बोल्दै सांसद भुसालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताको हुलले गरेको आक्रमणबाट आफ्नो पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायत ६० जना नेता–कार्यकर्ता घाइते भएको बताइन् ।

भुसालले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आफ्नो भनाइ टुंग्याएपछि बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोकाले बोल्ने समय मागे ।

रोकाले कांग्रेस सांसद भुसालको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएपछि कांग्रेसले नाराबाजी शुरु गरेको थियो ।

कांग्रेसले करिब आधा घण्टासम्म नाराबाजी जारी राखेपछि सभामुख महराले बुधबार बिहान ११ बजे अर्को बैठक बस्ने गरी सोमबारको बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : ०३ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै