कस्तो रोग हो अल्जाइमर ? यस्ता हुन्छन् तीन चरणका लक्षण « Khabarhub

कस्तो रोग हो अल्जाइमर ? यस्ता हुन्छन् तीन चरणका लक्षण


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय वृद्धा अवस्थामा पुगेका ज्येष्ठ नागरिकहरु एउटै कुरालाई बारम्बार भनिरहन्छन् । एकैछिनमा गरेको कुरा बिर्सन्छन् र फेरी दोहोर्‍याएर कुरा शुरु गर्छन् । कतिपयले त आफूले खाएको कुरा, लगाएको कुरा नै बिर्सन्छन् । र आफ्ना सन्तानले खान, लाउन नै दिएनन् भन्दै गालीसमेत गर्छन् । घरमा हुनुभएका वृद्धबाबुआमाको यस्तो बानीबाट धेरै छोराबुहारी र परिवारका अन्य सदस्यहरु दिक्क भएका पनि हुन्छन् ।

वृद्धवृद्धाको बिर्सने बानीले परिवारभित्रको मेलमिलाप र खुसीमा पनि समस्या निम्त्याउँछ । तर यसको पछाडी वृद्धावृद्धाको दोस हुँदैन । किनकी वृद्धाअवस्थामा आफैँले बोलेको कुरा, खाएको कुरा बिर्सनु एक प्रकारको रोग हो । यस्तो रोगलाई अल्जाइमर अर्थात बिर्सने रोग भनिन्छ ।

नेपालमा ७८ हजार व्यक्तिमा अल्जाइमरको रोग रहेको चिकित्सकहरु बताउँछन् । सरकारले वृद्धवृद्धामा देखिने रोग अल्जाइमरबारे सचेतनाको कार्यक्रम समेत गर्दै आएको छ । तर सचेतनाको अभावमा बिर्सने रोग भएका वृद्धवृद्धाहरु परिवार र समाजबाट अपहेलित भइरहेका छन् ।

तपाईंको परिवारका ज्येष्ठ नागरिकमा पनि बिर्सने समस्या छ वा कुनै कुरा बारम्बार दोहोर्‍याउने गर्नुहुन्छ भने उहाँलाई अल्जाइमर भएको हुनसक्छ । विशेषगरी अल्जाइमरको तीन चरणको लक्षण हुन्छ ।

पहिलो चरणमा देखिने लक्षणहरु

–आफूले कुनै कुरा खाएको छ भने बिर्सिएर खान पाइन भन्ने,

–एउटै कुरा बारम्बार दोहोर्‍याइ रहने,

–जटिल शब्दहरु सम्झन नसक्ने,

–परिवार र समाजमा खुल्न नचाहने,

–एकोहोरो भएर बस्ने,

दोस्रो चरणमा देखिने लक्षणहरु

–आफू हिडेको बाटो बिर्सने,

–सधैँ भेटिरहने परिवार भित्रैका आफन्तहरुलाई नचिन्ने,

– अरुलाई अनावश्यक शंका गर्ने,

–भर्खरै जानेका कुराहरु बिर्सने,

– ऐनामा आफ्नै अनुहार नचिन्ने,

–आफ्नै विगत बिर्सने,

– निन्द्रामा हिँड्ने,

–राम्रो, नराम्रो कुरा छुट्याउन नसक्ने,

–बेसुराका कुरा गर्ने,

–सामान्य कुरामा पनि अरुको सहयोग खोज्ने,

तेस्रो लक्षणहरु यस्ता छन्

–पहिलो र दोस्रो चरणको लक्षणहरु बढ्दै जाने,

–सामाजिक रुपमा आपत्तिजनक व्यवहार र भाषाको प्रयोग गर्ने,

–सम्वेदना हराउने,

–शरीरको तौल कम हुँदै जाने,

–परिवार, साथीहरु र आफन्तलाई नचिन्ने,

–दैनिक खान, लगाउन, नुहाउँन, बस्न अरुको साहरा चाहिने,

–खानेकुरा चपाउन तथा निल्न नसक्ने,

–ओछ्यानमा थला पर्ने,

–दिसापिसाबको नियन्त्रण नहुने र जथाभावी गर्दिने,

–अरूको बोली नबुझ्ने, बोल्न नसक्ने,

–मानसिक सन्तुलन घुमाउने ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : ४९ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त