डेंगुबारे सुक्ष्म अनुसन्धान भएको स्वास्थ्य परिषदको दावी « Khabarhub

डेंगुबारे सुक्ष्म अनुसन्धान भएको स्वास्थ्य परिषदको दावी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ ।

डेंगु रोगबारे आवश्यक अनुसन्धानसमेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी डेंगुबारे सुक्ष्म रुपले अनुसन्धानको काम गरिएको प्रष्टयाएको हो ।

डेंगु लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भईसकेको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए । उनले डेंगुबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारे ।

परिषदले डेंगु लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले डेंगु लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

घरभित्र र घर वरपर विशेष ढंगले सफाइ गरे डेंगुको संक्रमण नहुने परिषदले जनाएको छ । परिषदले लामखुट्टेको नियन्त्रणका लागि घरभित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ५ : ०९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र