लामखुट्टे नियन्त्रण गर्ने ‘डेंगु गन’ स्वास्थ्यका लागि खतरा « Khabarhub

लामखुट्टे नियन्त्रण गर्ने ‘डेंगु गन’ स्वास्थ्यका लागि खतरा


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर डेंगुको त्रास बढिरहेको बेला भक्तपुरबाट निर्वाचित सांसाद महेश बस्नेतले मध्यपुर नगरपालिका–१ को सुकुमबासी बस्तीमा फगिङ मेसिन (‘डेंगु गन’)  लिएर लामखुट्टे मार्ने अभियान सरिक भए ।

सांसद बस्नेत आफैले  फगिङ मेसिन चलाएर सुमुकबासी बस्तीभरी धुवाँ उडाए । डेंगु नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न फगिङ मेसिन चलाएर अभियानमा जुटेका सांसद बस्नेतको कार्यलाई धेरैले प्रशंसा पनि गरे ।

सांसद बस्नेतले मात्रै होइन विभिन्न संघ संस्था र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि डेंगु नष्ट गर्ने भन्दै फगिङ मेसिनको प्रयोगले लामखुट्टे नष्ट  गर्न थाले ।

स्थानीय स्तरमा डेंगु नियन्त्रणका लागि फगिङ मेसिन चलिरहदा विज्ञहरुले भने फगिङमा हुने रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन् ।

विभिन्न रोगहरुको विषयमा अध्ययन अनुसन्धान गर्ने स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार विज्ञप्ती निकाल्दै डेंगु नियन्त्रणका लागि विषादी प्रयोग गरिएको फगिङले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने बताएको छ ।

परिषद्का अनुसन्धान शाकाका प्रमुख डा मेघनाथ धिमालले फगिङले स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले डेंगु नियन्त्रणमा फगिङ प्रयोग गर्नै नहुने बताए ।

‘अहिले विभिन्न क्षेत्रमा जनप्रतिनिधिहरु फगिङ मेसिनबाट धुवा उडाउँदै डेंगु नियन्त्रणको अभियान भनेर लाग्नुभएको छ,’ डा धिमालले भने, ‘त्यो मेसिन डेंगु नियन्त्रणमा प्रभावकारी छैन, बरु त्यसले गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पुर्‍याइरहेको छ ।’

परिषद्ले अयाोजना गरेको पत्रकार सम्मेलनमा डा इशान गौतम पनि डेंगु नियन्त्रणको नाममा फगिङ मेसिन प्रयोग हुनु गलत भएको बताउँछन् ।

‘फगिङले लामखुट्टे नष्ट गर्नु प्रभावकारी छैन, यसले लामखुट्टे मार्ने भन्दा पनि दम, फोक्सोमा असर पुर्‍याउन सहयोग गर्छ,’ डा गौतम भन्छन्, ‘फगिङबाट धुवाँ उडाउनु भनेको विषादी मिसिएको वस्तुको प्रयोग हुनु हो, त्यसले कुनै फाइदा नै गर्दैन ।’

डा गौतमले सरकारले देशब्यापी महाअभियान सञ्चालन नगरी डेंगु नियन्त्रणमा आउन नसक्ने तर्क गरे ।

हिमाल चढ्दै लामखुुट्टे

डेंगु रोग एडिस एजिप्टाई र एडिज अल्बोपिक्टस नाम पोथी लामखुट्टेको कारण मानिसमा सर्ने गरेको छ । स्वास्थ्य अनुन्धान परिषद्का अनुसार जलवायु परिवर्तनको कारण डेंगु सार्ने लामखुट्टेहरु भौगोलिक सीमा विस्तार गरिरहेका छन् ।

नेपालमा एडिज एजिप्टाइ जातको लामखुट्ट् १ हजार ८ सय मिटर तथा एडिज अल्बोपिक्ट जातको लामखुट्टे २ हजार १ सय मिटरको उचाइमा पाइन थालेका छन् ।

डेंगुको विषयमा सचेतना १३ प्रतिशतलाई मात्रै

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् ।

लामखुट्टेको टोकाइबाट बच्न समयमै सचेत र सरसफाइ गरेमा डेंगुबाट बच्न सकिन्छ । डेंगु रोगका सचेतनाका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारमा बजेट पनि गएको छ ।

तर नेपालमा डेंगुको विषयमा सचेतना भने १३ प्रतिशत व्यक्तिमा मात्रै रहेको स्वास्थ्य अनुसन्धान परिषदे जनाएको छ । डेंगु नियन्त्रणका लागि प्रभावित क्षेत्रमा लामखुट्टेको वृद्धि विकास रोक्न जरुरी हुन्छ । तर डेंगुले प्रकोपको रुप लिँदै गर्दा यसको नियन्त्रणका लागि मानिसहरुमा सचेतना नै नभएको डा धिमालको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ०४ बजे

इरान-अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा

तेहरान– इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा

कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

कर्णाली– कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु