विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ « Khabarhub

विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई हुम्लामा प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा चन्द समूहको अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

रावतको साथबाट आर्थिक सहयोग गरिदिन भन्दै विभिन्न कार्यालयलाई लेखिएको चिठी भेटाएका कारण अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ ।

ताजाकोट गाउँपालिका–५ भदौराका रावतलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ३६ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै