अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुने सदस्यसचिव सिलवालको दावी « Khabarhub

अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुने सदस्यसचिव सिलवालको दावी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन आगामी महिना फुकुवा हुने बताएका छन् ।

आगामी अक्टोबरमा बस्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक बैठकले (क्यान) माथिको निलम्बन फुकुवा गर्ने उनले दावी गरेका हुन् । सोमबार एक कार्यक्रममा बोल्दै सिलवालले अक्टोबर १२ र १३ तारिखमा बस्ने आईसीसी बार्षिक बैठकबाट क्यानको निलम्बन फुकुवा हुने बताए ।

आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा, अमर शेख र सदस्यसचिव सिलवालबीच सोमबार क्यान निर्वाचनका विषयमा छलफल भएको थियो ।उक्त भेटवार्तापछि बोल्दै सदस्यसचिव सिलवालले क्यानले अर्को महिना प्रतिबन्धबाट उन्मुक्ती पाउने बताए । आईसीसीको बोर्ड सदस्यसमेत रहेका उपाध्यक्ष ख्वाजासामू सदस्यसचिव सिलवालले अक्टोबरको बैठकमा क्यान निलम्बन फुकुवाको मुद्दा उठान गर्न आग्रह गरेको बताएका छन् ।

स्वतन्त्र टोलीले बोलाएको विशेष साधारणसभा रोक्न राखेपले निर्देशन दिएपछि आईसीसीका प्रतिनिधिहरु काठमाडौं आएका थिए । आईसीसी प्रतिनिधि र राखेपका सदस्यसचिव सिलवालबीच सोमबार भएको छलफलमा (क्यान) को केन्द्रीय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएको छ ।

क्यान निर्वाचन स्वतन्त्र, निष्पक्ष र पारदर्शी रुपमा गर्न आईसीसीका उपाध्यक्ष ख्वाजा र सदस्यसचिव सिलवालले प्रतिबद्धता व्यक्त गरे । क्यान निर्वाचनलगत्तै अक्टोबर १२ र १३ तारिखमा आईसीसीको वार्षिक बैठक बस्ने छ । क्यानको निलम्बन फुकुवाका लागि आईसीसी सकारात्मक देखिएकाले उक्त बैठकले सुखद निर्णय गर्ने विश्वास गरिएको छ ।

नेपाली क्रिकेटको विकासका निम्ति तल्लोस्तरमा सहयोग गर्न आईसीसीले रुची देखाएको छ । नेपाली क्रिकेटको विकासका विषयमा आईसीसी प्रतिनिधि र सदस्यसचिव सिलवालबीच छलफल भएको थियो ।

यसअघि क्यान निर्वाचन असोज ३ र ४ गते हुने गरि स्वतन्त्र कमिटीले मिति तय गरेको थियो । तर, उक्त मितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैधानिक भन्दै आईसीसीलाई निर्वाचन रोक्न पत्र पठाएको थियो । आईसीसीले राखेपको उक्त पत्रकै आधारमा आफ्ना प्रतिनिधि नेपाल पठाएको हो । नेपाल आएको आईसीसी प्रतिनिधि र राखेप सदस्यसचिव सिलवालबीच भएको छलफलले क्यानको केन्द्रीय निर्वाचनको मिति तोकेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ३२ बजे

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि