गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ – अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ – अध्यक्ष प्रचण्ड


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले जनता र राष्ट्रको पक्षमा विकास, निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै उक्त अवसर सदुपयोग गर्न निर्माण व्यवसायीहरुलाई सचेत गराए ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कारवाहीको भागिदार हुने चेतावनी पनि दिए ।

अध्यक्ष दाहालले मुलुकमा निरंकुशता र अराजकतावादीहरुको कुनै स्थान नरहेको उल्लेख गर्दै सरकार र निर्माण व्यवसायीहरुले मिलेर मुलुक निर्माणको अभियानलाई तीव्रता दिनुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ३० बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)