मलेसिया रोजगारी खुलेपछि व्यवसायी संघबाट खुसी व्यक्त « Khabarhub

मलेसिया रोजगारी खुलेपछि व्यवसायी संघबाट खुसी व्यक्त


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ महिनापछि मलेसियाको रोजगारी नियमित भएकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खुसी व्यक्त गरेको छ ।

संघले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुसी भएको जनाउँदै यसबाट व्यवसायी र रोजगारीमा जाने श्रमिकलाई राहत मिलेको उल्लेख गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै संघले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको संघले जनाएको छ ।

केही दिन अघि मात्रै मलेसिया र नेपाल सरकारबीच मलेसिया रोजगारी खोल्नेबारे सहमति बनेको थियो । मलेसियासँग श्रम सम्झौता भएको लामो समय बित्दा पनि रोजगारी नखुल्दा व्यवसायीहरुले श्रमिक पठाउने प्रक्रिया खोल्न सरकारलाई दबाब दिँदै आएका थिए ।

पछिल्लो १५ महिनासम्म मलेसिया रोजगारी बन्द हुँदा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेसिने युवाको संख्या ह्वात्तै घटेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ०५ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित