कम्मर दुख्नुका कारण र समाधानका उपाय « Khabarhub

कम्मर दुख्नुका कारण र समाधानका उपाय


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दैनिक काममा खटिँदा मानिसमा ढाड अर्थात कम्मरको दुखाइको अझ बढी महशुस हुन्छ ।

कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो । यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।

कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकांश मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन बिताइरहेका हुन्छ । यस्ता समस्या भएमा यी तरिका अपनाउँदा कम्मर दुखाईबाट छुटकारा मिल्न सक्छ ।

किन दुख्छ कम्मर ?

कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अव्यवस्थित जिवनशैली र खानपान नै हो । केहीमा शारीरिक रोग पनि हुनसक्छ ।

सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरीएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा कम्मर दुख्ने समस्या देखिन्छ ।

यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले गर्दा नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ । यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायँँ भागमा दुख्ने गर्छ ।

कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्रँहो समेत हुन्छ ।

कसरी कम गर्ने ?

कम्मर दुखाई हुन नदिन उचित आहार तथा जिवनशैली व्यवस्थित बनाउनु नै उत्तम उपाय हो । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ । लामो समय काम गरे पछि केहि बेर आराम गर्नुपर्छ ।

असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् । चिकित्सकहरुका अनुसार केहीमा कम्मर दुख्ने स्वास्थ्यमा देखिने केही रोगहरुको लक्षण पनि हुनसक्छ ।

आराम गर्दा, दैनिक व्यायाम गर्दा पनि कम्मर दुख्ने समस्या समाधान भएन भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : १२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर