अवार्डमा ‘टप ३’ मा पुर्‍याइदिने भन्दै महासचिवले यौन हि‌ंसा गरेको गायिकाको आरोप ! « Khabarhub

अवार्डमा ‘टप ३’ मा पुर्‍याइदिने भन्दै महासचिवले यौन हि‌ंसा गरेको गायिकाको आरोप !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ ले कलाकार संघ, युएसएका वर्तमान अध्यक्ष तथा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युओर्क २०१९’ आयोजक संस्थाका महासचिव सुमन बुढामगरविरुद्ध यौन हिंसा गरेको आरोप लगाएकी छिन् । शेर्पाले आफूलाई इमोसनल ब्ल्याकमेलिङ गर्दै यौनिक ह्यारासमेन्ट गर्न खोजेको आरोप लगाएपछि आयोजकले बुढामगरलाई निलम्बन गरेको छ ।

जेन्निफरले आफूमाथि ‘बज्रपात’ खसेको भन्दै सहयोगका लागि आह्वान समेत गरेकी छिन् । उनले बुढामगरले आफूलाई उत्कृष्ट ३ मा पुर्‍याउन सहयोग गर्छु भन्दै हेलिकोप्टरमा पोखरा र मनाङ जान प्रस्ताव गरेको पनि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छिन् । उनले आफूले अस्वीकार गरेपछि उल्टो सामाजिक सञ्जालबाट सुमन बुढामगरले ब्लक गरेको आरोप लगाएकी छिन् ।

‘यतिका दिनदेखि मैले गरेको दुःख, मेहनत, खर्च गरेको समय, पैसा, तपाईंहरुको साथ सहयोग सबै पानीमा मिलेको छ, अब मैले न्याय खोज्न कहाँ जाने, यस्तो व्यक्तिलाई के सजाय दिने?,’ उनले भनेकी छिन् ।

जेन्निफरले यौन हिंसाको आरोप लगाएपछि नेपाली म्युजिक अवार्ड २०१९ को आयोजक अल्र्ड कनेक्सन युएसएले एक विज्ञप्ति जारी गर्दै बुढामगरलाई आयोजक समितिबाट बर्खास्त गरेको जनाएको हो ।

‘अवार्ड कार्यक्रमको व्यवस्थापकको रुपमा रहनुभएका तपाईं श्री सुमन बुढालाई अवार्डको मूल समितिबाट निलम्बन गरिएको छ, अवार्डसँग जोडिएर श्री सुमन बुढालाई लागेको गम्भीर आरोपप्रति हामीले निरन्तर सम्पर्क गर्न खोज्दा पनि सम्पर्कविहीन भएको निजलाई आजको मितिबाट यस अवार्डको मूल समितिबाट निर्दोष साबित नभएसम्म निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यता बुढामगरलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : २७ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि