काठमाडौं क्विन्सद्वारा चितवन राइनोज सामू ९३ रनको लक्ष्य « Khabarhub

काठमाडौं क्विन्सद्वारा चितवन राइनोज सामू ९३ रनको लक्ष्य


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा काठमाडौं क्विन्सले चितवन राइनोजलाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले निर्धारित २० ओरभ खेल्दै सबै विकेट विकेट गुमाएर ९२ रन बनाएको हो ।

चितवन राइनोजका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा काठमाडौंका ब्याटरहरु निरीह देखिए ।

जसमा काठमाडौंका लागि ओपनिङ ब्याटर रश्मी चौलागाईले ३४ रन बनाएकी थिइन् । उनले २५ बलमा ७ चौकाको मद्दतमा उक्त रन जोडेकि हुन् भने सरस्वी कुमारीले १५ रन बनाउँदा अन्य ब्याटरहरुले राम्रो रन जोड्न सकेन् । जसमा ९ जनाले दोशोरो अंक जोड्न सकेनन् ।

काठमाडौं विरुद्ध सन्तोषी चौधरीले ३ विकेट लिँदा रेखा रावल र कविता गौतमले समान २–२ विकेट लिइन् भने रितु कनौजियाले एक विकेट हात पारिन् ।

आजदेखि शुरु भएको प्रतियोगिता भदौ ७ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल र क्यानका नवनिर्वाचित अध्यक्ष चतुर बहादुर चन्दले गरेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : ३७ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण