सत्तारुढ नेकपाको चियापन शुरु, स्वागतमा नेताहरु लामबद्ध « Khabarhub

सत्तारुढ नेकपाको चियापन शुरु, स्वागतमा नेताहरु लामबद्ध


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइनबद्ध हुन थालेका छन् । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरिरहेका छन् ।

कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको छ । चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको छ । कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति दिइरहेका छन् ।

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।

चियापान कार्यक्रममा एक लाख बढीको सहभागिता हुने जनाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : ४९ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ