खाना फ्याक्ने परिपाटी बन्द गरौंः कृषि मन्त्री « Khabarhub

खाना फ्याक्ने परिपाटी बन्द गरौंः कृषि मन्त्री


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वका कतिपय मुलुक अझै पनि पौष्टिक आहार र भोकमारीको चपेटामा छन् । तर नेपालमा त्यस्तो अवस्था नरहेको कृषिमन्त्री चक्रपाणी खनालले बताए ।

बुधवार १३ औं विश्व खाद्य दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

खाना नपाएर कोही नमर्ने बताउँदै खनालले भने, ‘बरु अव्यवस्थित र धेरै खाना खाएर मान्छे मर्न सक्छ’ ।

उनले शरीरलाई पुग्ने गरी खाना नजान्नेहरु धेरै भएको बताए । ‘दीर्घजीवन हुनुपर्छ’ उनले भने ‘त्यसका लागि जमिन पनि स्वच्छ हुनुपर्छ’ ।

‘नेपालमा जस्तै दक्षिण एशियामा भोकमारीभन्दा खानाको व्यवस्थापन समस्या बन्दैछ । नेपाल अहिले जुन ठाउँमा छ त्यसबाट अघि बढ्न सम्बन्धित मन्त्रालयले केन्द्रीकृत योजना बनाएर अघि बढ्नुपर्छ । नेपालबाट विगतदेखि विश्वमाझ झण्डा उठाइरहेका छौं’ उनले भने ‘त्यसलाई निरन्तरता दिदैं खाना फ्ँयाक्ने परिपाटी बन्द गरौ र त्यसको सन्देश विश्वलाई दिउ’ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : ५४ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।