म काठमाडौं फिल्म निर्देशक बन्न हैन, कलेज पढ्न आएको थिएँ: ‘जात्रै जात्रा’ निर्देशक « Khabarhub

म काठमाडौं फिल्म निर्देशक बन्न हैन, कलेज पढ्न आएको थिएँ: ‘जात्रै जात्रा’ निर्देशक


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीमा जन्मिएका प्रदीप भट्टराईलाई काठमाडौंमा आउँदा भोलि म फिल्म निर्देशक बन्छु भन्ने लागेको थिएन । एसएलसी पास गरेपछि उनी खल्तीमा २५ सय बोकेर राजधानी छिरेका थिए । उनी उच्च शिक्षा अध्ययनका लागि गाउँबाट राजधानी हानिएका थिए ।

अङ्ग्रेजीमा कमजोर भएका कारण व्यवस्थापन विषय लिएर पढ्ने सोच बनाएको प्रदीप बताउँछन् । पछि भने प्रदीप पढाइ छोडेर बरु फिल्म मेकिङतिर चासो देखाएका थिए ।

‘पढेर फेल हुनुभन्दा ठीकै पढौँ भनेर मैले व्यवस्थापन रोजेको थिएँ, हुन त म काठमाडौं निर्देशक बन्ने सोचेर आएको थिइनँ, पढ्न आएको थिएँ’ निर्देशक भट्टराईले खबरहबसँग भने, ‘त्यतिबेला काठमाडौंमा यो गर् र ऊ गर भनेर हामीलाई सल्लाह दिने मान्छे पनि थिएन, विज्ञान विषय लिएर अङ्ग्रेजी भाषामा पढ्नुपर्छ भन्ने सुनेर यही पढ्ने निर्णय गरेँ ।’

प्रदीपले राजधानी आउँदाका शुरुवाती दिन सम्झाउँदै त्यतिबेलाको जीवन कष्टकर भए पनि एक खालको रमाइलो भएको बताए । सर्लाहीबाट काठमाडौंमा पढ्न आए पनि कलेजको माहोल चित्तबुझ्दो नभएपछि कलेज जान पनि मन नलागेको बरु पत्रिका पढ्ने गरेको पनि उनले सम्झे ।

‘प्राइभेट कलेजमा पढ्ने हैसियत थिएन, नामकै कारणले गर्दा पनि त्यतिबेला हामीले सरस्वती क्याम्पस रोज्यौँ, तर कलेजमा त पढाइभन्दा बढी राजनीति पो बढी हुने रहेछ,’ उनले शुरुवाती दिन सम्झे ।

शरूमा कलेजमा निरन्तर गए पनि पछि भने कलेजमा हुने राजनीतिका कारण खासै जाने नगरेको उनले सुनाए । पछि उनले कलेज पढ्न नै छोडेर फिल्म क्षेत्रमै कामको खोजी गर्न थालेका थिए ।

प्रदीप पछिल्लो समय भने राम्रो निर्देशकका रुपमा चर्चित छन् । उनले हालै मात्र नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । यसअघि प्रदीपले निर्देशन गरेका ३ फिल्म नै व्यावसायिक रुपमा हिट छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : १५ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा