म काठमाडौं फिल्म निर्देशक बन्न हैन, कलेज पढ्न आएको थिएँ: ‘जात्रै जात्रा’ निर्देशक « Khabarhub

म काठमाडौं फिल्म निर्देशक बन्न हैन, कलेज पढ्न आएको थिएँ: ‘जात्रै जात्रा’ निर्देशक


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीमा जन्मिएका प्रदीप भट्टराईलाई काठमाडौंमा आउँदा भोलि म फिल्म निर्देशक बन्छु भन्ने लागेको थिएन । एसएलसी पास गरेपछि उनी खल्तीमा २५ सय बोकेर राजधानी छिरेका थिए । उनी उच्च शिक्षा अध्ययनका लागि गाउँबाट राजधानी हानिएका थिए ।

अङ्ग्रेजीमा कमजोर भएका कारण व्यवस्थापन विषय लिएर पढ्ने सोच बनाएको प्रदीप बताउँछन् । पछि भने प्रदीप पढाइ छोडेर बरु फिल्म मेकिङतिर चासो देखाएका थिए ।

‘पढेर फेल हुनुभन्दा ठीकै पढौँ भनेर मैले व्यवस्थापन रोजेको थिएँ, हुन त म काठमाडौं निर्देशक बन्ने सोचेर आएको थिइनँ, पढ्न आएको थिएँ’ निर्देशक भट्टराईले खबरहबसँग भने, ‘त्यतिबेला काठमाडौंमा यो गर् र ऊ गर भनेर हामीलाई सल्लाह दिने मान्छे पनि थिएन, विज्ञान विषय लिएर अङ्ग्रेजी भाषामा पढ्नुपर्छ भन्ने सुनेर यही पढ्ने निर्णय गरेँ ।’

प्रदीपले राजधानी आउँदाका शुरुवाती दिन सम्झाउँदै त्यतिबेलाको जीवन कष्टकर भए पनि एक खालको रमाइलो भएको बताए । सर्लाहीबाट काठमाडौंमा पढ्न आए पनि कलेजको माहोल चित्तबुझ्दो नभएपछि कलेज जान पनि मन नलागेको बरु पत्रिका पढ्ने गरेको पनि उनले सम्झे ।

‘प्राइभेट कलेजमा पढ्ने हैसियत थिएन, नामकै कारणले गर्दा पनि त्यतिबेला हामीले सरस्वती क्याम्पस रोज्यौँ, तर कलेजमा त पढाइभन्दा बढी राजनीति पो बढी हुने रहेछ,’ उनले शुरुवाती दिन सम्झे ।

शरूमा कलेजमा निरन्तर गए पनि पछि भने कलेजमा हुने राजनीतिका कारण खासै जाने नगरेको उनले सुनाए । पछि उनले कलेज पढ्न नै छोडेर फिल्म क्षेत्रमै कामको खोजी गर्न थालेका थिए ।

प्रदीप पछिल्लो समय भने राम्रो निर्देशकका रुपमा चर्चित छन् । उनले हालै मात्र नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । यसअघि प्रदीपले निर्देशन गरेका ३ फिल्म नै व्यावसायिक रुपमा हिट छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : १५ बजे

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा