धितोपत्र बजार ‘नेप्से’ ओरालो « Khabarhub

धितोपत्र बजार ‘नेप्से’ ओरालो


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पाँच अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.०१ अंकले घटेर एक हजार १३७.०३ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचकसमेत १.६४ अंकले घटी २४८.५८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममासमेत गिरावट आएको छ । स्टकका अनुसार आज कुल १५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता शेयर रु १९ करोड ६६ लाख १८ हजार ९३६ मा खरिदबिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ । विकास बैंक ७.४३, जलविद्युत् २.७६ र सामूहिक लगानी कोषको शेयर ०.०१ अंकले बढेको छ । यस्तै बैंकिङ ४.९८, होटल १३.२२, फाइनान्स ०.९७, निर्जीवन बीमा १०.८८, उत्पादन १८.९४, अन्य ८.५२, माइक्रोफाइनान्स ७.९१ र जीवन बीमा १०.८१ अंकले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु पाँच करोड ४४ लाख ६१ हजार १०८ रुपैयाँमा खरीदबिक्री भयो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ११ लाख ५१ हजार ३२७, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको रु ७७ लाख ८७ हजार ९००, एभरेष्ट बैंक लिमिटेडको रु ७१ लाख २४ हजार ५९९, एनआइसी एसिया बैंकको रु ५९ लाख ९५ हजार ३२६ र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु ४४ लाख तीन हजार ९३३ मा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक घटेपनि ग्लोबल आइएमई बैंक समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९२ प्रतिशतले कमाए । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी ३.८७, दिव्यश्वरी हाइड्रोपावर ३.७०, मुक्तिनाथ विकास बैंक ३.२८, युनिभर्सल पावर कम्पनी २.५६ र मन्जुश्री फाइनान्स लिमिटेडका शेयरधनीले २.४२ प्रतिशतले कमाए ।

सिद्धार्थ बैंकका शेयरधनीले ४.३१ प्रतिशतले गुमाए । यसैगरी मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ३.०४, गुडवील फाइनान्स कम्पनी २.९६, शिवम् सिमेन्टस् २.७५ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ६ : २८ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा