अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको उपाधि एपीएफलाई | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको उपाधि एपीएफलाई


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिताको टिम इभेन्टतर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितको छ ।

पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट शुरु भएको २२ किमी दौड, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ चार घन्टा १७ मिनेट २७ सेकेण्डमा पूरा गरी एपीएफ टिमका सन्देश विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङको जोडीले उपाधि जितेको हो ।

त्यसैगरी गरिल्ला टिमका दुर्गाराज बुढा, दामोदर बुढामगर र रशिला तामाङको जोडीले निर्धारित दूरी चार घण्टा १८ मिनेट २३ सेकेण्डमा पूरा गरी दोस्रो बन्न सफल भए । चीनको द के टिमका च्याङ इ झेन, पाङ यु सू र लाई यु जोनको जोडीले निर्धारित चार घण्टा २४ मिनेट ३३ सेकेण्डमा पूरा गरी तृतीय बने ।

त्यसैगरी व्यक्तिगत प्रतिष्पर्धातर्फ चीनका ज्याङ जी तीन घण्टा ३९ मिनेट २७ सेकेण्डमा दूरी पार गरी पहिलो बने । चीनकै च्याङ थीङ तीन घण्टा ५० मिनेट १२ सेकेण्ड तथा झ्वा जुआङ वाङ चार घण्टा १० मिनेट दुई सेकेन्डमा दूरी पूरा गरी द्वितीय र तृतीय बने ।

पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसन(केएमइए)ले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् । टिम इभेन्टमा २७ तथा व्यक्तिगतमा २६ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताए ।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउने उद्देश्यले प्रतियोगिताले आयोजना गरिएको बताइएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।  पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्यटकीय शहर पोखरामा खेलकूदका माध्यमबाट समेत पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : २६ बजे

बिडिसिए कपः एक दिवसीय क्रिकेट सुरु

बैतडी– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालनमा आउने

काठमाडौं– आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने

गुल्मीमा सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी– यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक

पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य

रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चितवनको