६ हजार घुस लिँदै गर्दा दुई जना खरिदार रंगेहात पक्राउ « Khabarhub

६ हजार घुस लिँदै गर्दा दुई जना खरिदार रंगेहात पक्राउ


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जना खरिदारलाई पक्राउ गरेको छ ।

जग्गा नामसारी भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कपिलवस्तुबाट अख्तियारको टोलीले भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार सूर्यप्रसाद मिश्र र खरिदार दुर्गाप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले कार्यालय परिसारबाट ६ हजार नगद सहित उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार बुटवलका प्रवक्ता शुरेस भुसालले दुवै जनालाई बुटवल कार्यालयमा ल्याएर बयान लिन शुरु गरिएको जनाकारी दिए । उनीहरुले सेवाग्राहीसँग मोही जग्गा नामसारी गरिदिने भन्दै रकम माग गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ०५ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ