६ हजार घुस लिँदै गर्दा दुई जना खरिदार रंगेहात पक्राउ « Khabarhub

६ हजार घुस लिँदै गर्दा दुई जना खरिदार रंगेहात पक्राउ


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जना खरिदारलाई पक्राउ गरेको छ ।

जग्गा नामसारी भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कपिलवस्तुबाट अख्तियारको टोलीले भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार सूर्यप्रसाद मिश्र र खरिदार दुर्गाप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले कार्यालय परिसारबाट ६ हजार नगद सहित उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार बुटवलका प्रवक्ता शुरेस भुसालले दुवै जनालाई बुटवल कार्यालयमा ल्याएर बयान लिन शुरु गरिएको जनाकारी दिए । उनीहरुले सेवाग्राहीसँग मोही जग्गा नामसारी गरिदिने भन्दै रकम माग गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ०५ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।