इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा संघर्षपूर्ण जित निकालेको छ ।

लिग अन्तर्गत शुक्रबार भएको खेलमा जकार्ताले पेर्सेला लामोनगानलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे । यस्तै हेरी सुसान्टो र रोहितले एक एक गोल गरे । लामोनगानका केइ हिरोसे,सुगेन्ग इफेन्दी र डेल्भीन रुम्बिनोले एक एक गोल गरे ।

खेलको ७० औं मिनेटसम्म ३-३ गोलको बराबरी रहेको अवस्थामा रोहितले गोल गर्दै जकार्तालाई जित दिलाएका हुन् ।

जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २७ खेलमा ३४ अंक जोडेको छ । र, जकार्ता लिगको १२ औं स्थानमा छ ।

२७ खेलबाट २५ अंक जोडेको लामोनगान रेलिगेसन जोनमा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ०८ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना