सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा शैक्षिक क्यालेन्डर « Khabarhub

सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा शैक्षिक क्यालेन्डर


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक विद्यालयमा वार्षिक क्यालेन्डर लागू गरेपछि शैक्षिक नियमितता र गुणस्तरमा सुधार देखिन थालेको छ ।

शिक्षा सेवाका कर्मचारीको पदस्थापनसँगै अधिकांश पालिकाले शिक्षक, अभिभावको परामर्शमा आफ्नो शैक्षिक क्यालेन्डर मुद्रण गरी विद्यालयमा पठाएपछि त्यसको कार्यान्वयन शुरु भएको हो ।

नौ जिल्ला र ७९ स्थानीय तह रहेको यस प्रदेशका शिक्षा विकास निर्देशनालयका कामु निर्देशक दुर्गादत्त विष्टका अनुसार विद्यालय निरीक्षक र स्रोत व्यक्तिको अभाव भई शिक्षकलाई काजमा लिएर काम गरिरहेकाबाहेक सबै स्थानीय तहले शैक्षिक क्यालेन्डर बनाइसकेको र बाँकीले चाँडै बनाउनेछन् ।

निर्देशक विष्टसहितको निर्देशनालयको टोलीले हालै प्रदेशका विभिन्न जिल्लाका विद्यालयका अनुगमन गरेको थियो । विगतमा साबिक जिल्ला शिक्षा कार्यालयमा छलफल भई जिल्लागत शैक्षिक क्यालेन्डर बन्ने गरेकोमा संविधानतः माध्यमिक तहसम्मको विद्यालयको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेपछि पालिकापिच्छे शैक्षिक क्यालेन्डर बन्न थालेको हो । ती पालिकाले आफ्नो शैक्षिक नीति र निर्देशिका पनि बनाउन थालेका छन् ।

शैक्षिक क्यालेन्डरमा विद्यालय खुल्ने र बिदा हुने दिन किटान हुनाका साथै हरेक महिनाको कुन बार, कति गते, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र स्थानीय तहले के के गर्ने भन्ने स्पष्ट तोकिएको हुन्छ ।

शिक्षा नियमावलीमा वर्षमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने उल्लेख छ । क्यालेन्डरमा स्थानीय धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक एवं सम्पदाका तस्बीर र परिचयका साथै स्थानीय तहका शैक्षिक गतिविधिबारे पनि उल्लेख हुने भएकाले यो विद्यालयहरुका लागि पनि जानकारीमूलक हुनेछ ।

यो प्रदेशमा सार्वजनिक (समुदायिक) तीन हजार ७०२ र निजी (संस्थागत) ८७६ गरी चार हजार ५७८ विद्यालय छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ४५ बजे

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव

संसद्‍ झुल्किएको केही बेरमै बाटो लागे प्रधानमन्त्री बालेन (तस्बिरहरू)

काठमाडौं– आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएका

आधा घण्टा पनि नबसी संसद्‍बाट हिँडे बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसी हिँडेका