ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ « Khabarhub

ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् ।

खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताए । ‘एक गाग्री पानीका लागि गाउँभन्दा तल रहेको मुहानमा पुग्न कम्तीमा पनि आधा घण्टा समय लाग्ने गरेको थियो’, वडाध्यक्ष थापाले भने, ‘योजना सम्पन्न भएर सञ्चालनमा आएसँगै बचत भएको समय अन्य काममा लगाउन सकिने भएको छ ।’

गाउँभन्दा झण्डै १९० मिटर तल रहेको ‘गापुडाँडा’ मुहानबाट पानी विद्युत्को सहाराबाट तानेर गाउँभन्दा माथि रहेको ट्याङ्कीमा सङ्कलन गरी प्रत्येक घरधुरीमा वितरण गरिएको ताप्के खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ताराबहादुर थापाले बताए । विसं २०७५ फागुनबाट निर्माण कार्य शुरु भएको उक्त योजना २०७६ असार मसान्तमा सम्पन्न भई शुक्रबारमात्रै उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाद्वारा निर्मित ‘ताप्के खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १८ लाख रकम उपलब्ध गराएको थियो ।

त्यस्तै जनश्रमदान रु ३३ लाख १४ हजार गरी कूल रु एक करोड ५१ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष थापाले बताए ।

उक्त खानेपानी पाइपमार्फत घरघरमा धारा जडान गरी सञ्चालनमा आएसँगै १७० घरधुरीका एक हजार १०१ जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाका सचिव लक्ष्मी रानाले बताइन । खानेपानी योजना मर्मतसम्हार तथा संरक्षणका लागि छुट्टै कोष बनाएर सञ्चालन गरिने आयोजनाका अध्यक्ष थापाले बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो आयोजनाको उदघाट्न गर्दै विकासका दृष्टिले पछाडि परेका स्थानलाई प्राथमिकतामा राख्दै योजनाहरु सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ३० बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण