प्राविधिक शिक्षा पढ्नलाई सहयोग « Khabarhub

प्राविधिक शिक्षा पढ्नलाई सहयोग


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- प्राविधिक शिक्षा अध्ययनका लागि पाल्पाली समाज पोखराले पाल्पाका ८१ विद्यार्थीलाई लगानी गर्ने भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ विद्यार्थीलाई प्राविधिक शिक्षामा लगानी गर्ने भएको समाजले जनाएको छ ।

स्वास्थ्य समूह, कृषि, भेटनरी, इञ्जिनीयरिङ र होटल व्यवस्थापन विषय अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । ‘सम्बन्धित वडा कार्यालयको सिफारिसमा छात्रवृत्तिका लागि छनौट गरिने र छनौट भएका विद्यार्थीले जुनसुकै स्थानमा गएर पनि अध्ययन गर्न सक्नेछन्’, उनले भने ।

एक विद्यार्थीलाई ५० हजारका दरले जिल्लामा रहेका ८१ वडामा एक/एक जनालाई छनौट गरी दिइने छात्रवृत्ति दुई किस्तामा प्रदान गरिनेछ । समाजले पाल्पासँगै गोरखा, गुल्मी, कपिलवस्तु, तनहुँ र कास्कीमा पनि कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । रम्भादेवी छात्रवृत्ति कार्यक्रममार्फत शिक्षामा लगानी गर्ने भएको हो ।

पाल्पा मूल घर भई पोखरामा बसोबास गर्दै आएका पाल्पालीको साझा संस्था पाल्पाली समाज पोखराले उद्योगपति एवं समाजसेवी हरिप्रसाद पाण्डेले स्थापना गरेको मातृ सेवा प्रतिष्ठान जननीमार्ग ललितपुरको समन्वयमा छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।

पाल्पाली समाज पोखराले नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै पाल्पाको पर्यटकीय स्थलको प्रचारप्रसारका लागि लेकसाइडमा डिजिटल बोर्ड राख्ने र पाल्पाका मौलिक तथा कलात्मक उत्पादनको बजारीकरण र संस्कृतिको पहिचानका लागि पाल्पा हाउस स्थापना गर्ने भएको छ । छात्रवृत्तिका सम्बन्धमा पाल्पाली समाज पोखराको टोलीले जिल्लाका दशवटै स्थानीय तहसँग छलफल कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै