आज फेरि गरियो प्रधानमन्त्रीको डायलाइसिस | Khabarhub Khabarhub

आज फेरि गरियो प्रधानमन्त्रीको डायलाइसिस


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको आज ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक एव‌ं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको समेत उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचार पश्चात आज (शनिबार) नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते डायलसिस गराएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : १४ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन