ब्रिगेड ब्वाइज चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा « Khabarhub

ब्रिगेड ब्वाइज चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक दीपशिखा युवा समूहलाई ३-० गोल अन्तरले पराजित गर्दै बीबीसी क्वाटरफाइनलमा पुगेको हो ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बीबीसीलाई जित दिलाउन रितिक खड्का, शिशिर लेखी र मलिना आङथापोले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा रितिकको गोलबाट बीबीसीले अग्रता बनाएको थियो । खेलको ४९ औं मिनेटमा शिशिरले गोल गर्दै बीबीसीको अग्रता दोब्बर बनायो । त्यसपछि खेलको ७६ औं मिनेटमा मलिनाले गोल गर्दै बीबीसीलाई ३-० को सहज जित दिलाए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता छ ।

समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् ।

समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ४९ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६