ब्रिगेड ब्वाइज चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

ब्रिगेड ब्वाइज चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक दीपशिखा युवा समूहलाई ३-० गोल अन्तरले पराजित गर्दै बीबीसी क्वाटरफाइनलमा पुगेको हो ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बीबीसीलाई जित दिलाउन रितिक खड्का, शिशिर लेखी र मलिना आङथापोले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा रितिकको गोलबाट बीबीसीले अग्रता बनाएको थियो । खेलको ४९ औं मिनेटमा शिशिरले गोल गर्दै बीबीसीको अग्रता दोब्बर बनायो । त्यसपछि खेलको ७६ औं मिनेटमा मलिनाले गोल गर्दै बीबीसीलाई ३-० को सहज जित दिलाए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता छ ।

समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् ।

समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ४९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी