बेल्जियमले रुसलाई ४-१ गोल अन्तरले हरायो « Khabarhub

बेल्जियमले रुसलाई ४-१ गोल अन्तरले हरायो


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ईडेन हजार्ड चम्किएको खेलमा बेल्जियमले युरोकप छनोटमा सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले हराएको छ ।

बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको थियो । बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससंग खेल्नेछ । रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ ।

जितसंगै बेल्जियमले युरोकप छनोट अन्तर्गत समूह आईबाट शीर्ष स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्ने भएको छ ।

हजार्ड दाजु भाईले तीन गोल गर्दा बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १९ औ मिनेटमा थोर्गान हजार्डले बेल्जियमलाई अग्रता दिलाए । ३३ औ मिनेटमाम ईडेन हजार्डले अग्रता दोब्बर पारे ।

उनैले ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० ले अघि बढाए । ७२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई जित नजिक पुर्याएका थिए ।

७८ औ मिनेटमा घरेलु टोली रुसका जोर्जिया जकियाले एक सान्त्वना गोल फर्काएका थिए । शीर्ष स्थानको बेल्जियमको ९ खेलबाट २७ अंक रह्यो । दोस्रो स्थानको रुसको २१ अंक रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन