मन्दिरमा किन चढाइन्छ नरिवल ? यस्तो छ भ्रम र वास्तविकता « Khabarhub

मन्दिरमा किन चढाइन्छ नरिवल ? यस्तो छ भ्रम र वास्तविकता


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तजनहरुले मन्दिरमा सवैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरिवलको प्रयोग बढी हुन्छ ।

नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ हुन्छ ‘शुभ फल’। त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन शुरु भएको धार्मिक विश्वास रहँदै आएको छ ।

वैदिक शास्त्र तथा पुराण तथा महाकाव्यहरुमा मन्दिरमा नरिवल चढाउनुपर्ने विषयमा उल्लेख गरिएको पाइन्छ । यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

नरिवललाइ धेरै जस्तो शुभकार्य गर्न प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ। नरिवललाई उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ ।

नरिवललाई विवाह, चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदि कार्यमा पनि प्रयोग गरिन्छ।

कुनै कार्यको शुभारम्भ पूर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल फोड्नुपर्ने धार्मिक विश्वास रहँदै आएको छ ।

पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडि वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ। नरिवललाइ दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ।

नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ। धार्मिक विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ।

भगवानलाइ किन चढाइन्छ नरिवल ?

शुभकार्य गर्दा भगवानको मूर्ति अगाडी नरिवल चढाइन्छ। यसो गर्नुको कारण यस्तो छ–

परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो। पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो। पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चठाउन थालिएको विश्वास गरिन्छ । किंवदन्ती अनुसार नर वलीको ठाउँमा नरिवललाई प्रयोग गरिएको पाइन्छ ।

सांकेतिक अर्थ

नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकार पनि टुट्ने बुझिन्छ। अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक विकासको लागि सबैभन्दा ठुलो कारक मानिन्छ।

हिन्दु धर्मग्रन्थ अनुसार नरिवल फल नै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए।

सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए।सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने।

भित्री फल बाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ। बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ।  भित्री फल त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ।

भित्री फलबाट तेल पनि निकाल्न सकिन्छ। यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ। नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ।

नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ। पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। किड्नीमा पथ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०६ बजे

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार