क्रोएसियासँग स्लोभाकिया पराजित « Khabarhub

क्रोएसियासँग स्लोभाकिया पराजित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ ।

शनिबार राति समूह ईको खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो ।

खेलमा अग्रता स्लोभाकियाका ३२ औ मिनेटमा बोजेनिकको गोलबाट लिएको थियो । घरेलु टोलीका निकोला भ्यासिकले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

बुर्नो पेटकोविक ६० औ मिनेटमा क्रोएसियालाई २–१ को अग्रता दिलाए । ईभान पेरिसिक ७४ औ मिनेटमा गोल गर्दै टोलीका जित सुनिश्चित गरे ।

६६ औ मिनेटमा मेक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्लोभाकिया १० खेलाडीले सिमित बनेको थियो । समूह ई अन्तर्गत क्रोएसियाले १७ अंक सहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो । चौथो स्थानको स्लोभाकियाको १० अंक रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा