६ किलो गहना र ७ लाख ३० हजारसहित एक व्यक्ति पक्राउ « Khabarhub

६ किलो गहना र ७ लाख ३० हजारसहित एक व्यक्ति पक्राउ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाले भारतको जयनगरबाट नेपाल ल्याउँदै गरेको ६ किलो चोरीका गरहगहना र नेपाली रुपैयाँ ७ लाख ३० हजार एक सयसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा बस्ने अन्दाजी ४८ वर्षीय अजय गुप्ता छन् । उनलाई जनकपुर उपमहानरपालिका–२५ लोहनाबाट पक्राउ गरिएको हो । सो गणका गणपति एसपी राजेश उप्रेतीले निजले आफ्नो शरीरमा कपडाले बेरी अवैध रुपले ती सामान र नगद नेपाल ल्याउँदै गर्दा बीओपी डेवडियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक रञ्जित तिवारी नेतृत्वको टोलीले पक्राउ गरेको बताए । उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप कारबाहीका लागि जनकपुर भन्सार कार्यालय बुझाइने गणपति उप्रेतीले बताए ।

सो गण पछिल्ला दिनमा अवैध सामान पक्राउ र आपराधिक गतिविधि नियन्त्रणमा सक्रियताका साथ लागिपरहेको छ । एक साताअघि मात्रै पनि सो गणले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको थियो । बरामद छालाको शरीरको भाग ५ फिट र पुच्छरसहित गरी ७.५ फिट लम्बाइ र ४/४.५ फिट चौडाइ थियो ।

पक्राउ पर्नेमा धनुषा क्षीरेश्‍वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने केदारनाथ उपाध्याय (ढुंगेल)का करिब २८ वर्षीय छोरा सुनिल ढुंगेल, सोही ठाउँका वीरदेव महतोका छोरा ३९ वर्षीय शिवकुमार महतो र धनुषा धनौजी गाउँपालिका–४ बस्ने महावीर मण्डलका ३६ वर्षीय छोरा जयराम मण्डल रहेका थिए ।

सो गणले केही दिनअघि मात्रै १० किलो चाँदी बरामद गर्न सफल भएको थियो । बरामद चाँदीको बजार मूल्य ७ लाख २९ हजार ३ सय १२ रुपैयाँबराबर रहेको थियो । उप्रेती गणपति भएर आएयता ५५ किलो चाँदी बरामद भइसकेको छ। यस्तै, केही दिनअघि मात्रै पनि सो गणले भन्सार छली नेपाल ल्याइएका साढे ८ लाख रुपैयाँ बढीको अवैध सामान बरामदगरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : २१ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये