अक्षय कुमार अस्पताल पुग्दा फ्यान चिन्तित « Khabarhub

अक्षय कुमार अस्पताल पुग्दा फ्यान चिन्तित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यतिबेला बलिउड सेलिब्रेटी एकपछि अर्को गर्दै बिरामी परेका छन् । गायिका लता मंगेशकर अस्पतालमा भर्ना भएकी थिइन् ।

बलिउडका बिगबी अमिताभ बच्चनको पनि स्वास्थ्य अवस्था सामान्य नहुनाले आराम गरिरहेका छन् ।

केही हप्ताअघि अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका दौरान चोट लागेको थियो । यसले अक्षयका फ्यान चिन्तित बनेका छन् ।

अक्षय कुमारलाई ‘सूर्यवंशी’ का बेला लागेको चोट बढ्दै गएपछि अस्पताल भर्ना भएको हल्ला चलेको थियो । तर, यो हल्लामा कुनै सत्यता नभएको बुझिएको छ ।

फ्यानले भने अक्षय बिरामी परेका हुन् कि भनेर चिन्ता व्यक्त गरेका छन् । ‘सूर्यवंशी’ का बेला अक्षयलाई चोट लागे पनि उनले शूटिङ रोकेका थिएनन् ।

खबरका अनुसार अक्षय कुमार अस्पताल त पुगेका थिए । तर आफू बिरामी भएर भन्दा पनि उनी आफ्नी पत्नी ट्वीङ्कलकी आमा डिम्पललाई भेट्न अस्पताल पुगेका थिए ।

डिम्पललाई पनि फिल्मको शूटिङका बेला सामान्य चोट लागेको थियो । उनले अस्पतालमा उपचार गराइरहेकी छिन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : २३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको